बाढीले सयौँ रोपनी खेत बगरमा परिणत, लाखौँको मकै बाली नष्ट

रामेछाप – अविरल वर्षाका कारण रणजोर खोलामा आएको बाढीले खेत बगाउँदा मन्थली बजार छेउको सयौँ रोपनी खेत बगरमा परिणत भएको छ ।
बिहीबार दिउँसो देखी मध्यरात सम्म भएको अविरल वर्षाका कारण खोलामा आएको बाढीले पाक्न लागेको मकै बाली समेत नष्ट गरेको छ । भित्र्याउने बेलाको मकै बाली नष्ट भएपछि किसानहरू चिन्तित भएका छन् ।
वर्षा नलाग्दै खोलामा आएको बाढीले सयौँ रोपनी खेत बगरमा परिणत गरिदिएको मन्थली नगरपालिका वडा नं १ का किसान ध्रुव प्रसाद सुवेदीले बताउनु भयो । उहाँले बाढीले खेत बगाउनुका साथै पाक्न लागेको मकै बाली समेत नष्ट भएपछि किसानहरू चिन्तित भएको जानकारी दिनु भयो । खोलामा अस्वाभाविक रूपमा आएको बाढीले रणजोर खोला किनारमा रहेको आफूहरूको खेत बगरमा परिणत गरिदिएको मन्थली १ का कुमार श्रेष्ठले बताउनु भयो । बाढीले खेत जोगाउनका लागि बनाइएको ठाउँ ठाउँको तटबन्ध समेत बगाएको छ ।






प्रतिक्रिया राख्नुहोस्