प्रतिनिधिसभाका विषयगत समितिमा हेरफेर

काठमाडौँ- प्रतिनिधिसभाका विषयगत समितिमा सांसदहरु हेरफेर भएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्नुभएको हो ।

सांसद श्यामकुमार घिमिरेलाई सार्वजनिक लेखासमितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा, चन्दा चौधरीलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट सार्वजनिक लेखा समितिमा, शान्ति विकलाई महिला तथा सामाजिक मामिला समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा राखिएको छ ।

बैठकमा सभामुख घिमिरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोराबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.