मोटरसाइकल दुर्घटनामा तीन जना घाइते

नुवाकोट- नुवाकोटको विदुरमा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । पासाङल्हामु मार्गको वट्टार–विदुर सडकखण्डस्थित ब्यारेक खोल्सामा दुई वटा मोटरसाईकल एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

बिदुरबाट बट्टारतर्फ जाँदै गरेको बा.प्र. ०२०३३प ९८०१ नं.को मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको बा६ प ५८२९ नं.को अर्को मोटठरसाइकल एक–आपसमा ठक्कर खाँदा तीन जना युवक घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ भने दुबै मोटरसाइकलको अग्रभाग पुर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिनुभयो । उहाँका अनुसार दुबै मोटरसाइकल नुवाकोट प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.