दलित बस्तीमा खानेपानी पुग्यो

स्याङ्जा – स्याङ्जाको भिर कोट नगरपालिका तिन बानथोक दलित गाउँमा खानेपानी पुगेपछि त्यहाँका स्थानीयलाई सहज भएको छ । पुरानै कुवा,पोखरीमा सङ्कलन भएको आकासे पानीमा आफ्नो जीविकोपार्जन गर्दै आइरहेका स्थानीयका घर घरमा अहिले खानेपानी सुविधा पुगेपछि यहाँका स्थानीयले सरकार घरघरमा आएको महसुस स्थानीयले गर्न थालेका छन् ।
केहिबर्ष पहिले सम्म पनिका लागी एक घण्टा पैदल हिडेर डोकोमा पानी बोकेर खानुपर्ने अवस्था रहेको थियो । स्थानीय तथा प्रदेश सरकारको सहकार्यमा गाउँमा सानो खोल्सा लिफ्टिङ खानेपानी आएसँगै १ सय ४० घरधुरी घर घरमा खानेपानी सुविधा पुगेको स्थानीय रन बहादुर सार्कीले बताउनुभयो ।
प्रदेश सरकारको एक घर एक धारा नीति अनुसार घरघरै धारा बनेसी घन्टौँ डोकोमा पानी लिन जानुपर्ने अवस्था अन्त्य भएको हो । पानीका लागी स्थानीय र प्रदेश सरकारले २ करोड लगानी भएको छ । बानथोक गाउँमा अधिकाम्स दलित संगै नेवार तथा क्षेत्री समुदायको बसोबास रहेको छ । खानेपानी आएसँगै निम्न अवस्थामा रहेका स्थानीयलाई समेत सहज भएको छ ।
भिर कोट नगर पालिकाले बान थोक गाउँमा खानेपानीको समस्या समाधान गर्न लिफ्टीङ योजनालाई पालीकाले प्राथमिकतामा राखेको नगर प्रमुख गोविन्द कुमार कर्माचार्य बताउनुहुन्छ ।
पानीको मुहान तल तथा मानव बस्ती माथि रहँदा खानेपानीको चरम अभाव भोग्दै आएका बानथोकका स्थानीयहरूको समस्या स्थानीय सरकारले लिफ्टिङ योजना मार्फत समाधान गरे सँगै स्थानीयले स्थानीय सरकार आएको महसुस गाउँ गाउँमा गर्न पाएका छन् । भने धेर थोर कृषि उत्पादन समेत गर्न थालेका छन् ।






प्रतिक्रिया राख्नुहोस्