काठमाडौँबाट आउँदै गरेको बस भिठ्ठामोड जाँदै गरेको बस रौतहटको  चपुरमा  दुर्घटना , १० जना घाइते

रौतहट-  काठमाडौँबाट आउँदै गरेको बस भिठ्ठामोड जाँदै गरेको रात्रीबस रौतहटको चन्द्रपुरमा दुर्घटना हुँदा १० जना यात्रुहरू घाइते भएका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ स्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान करिब ५ बजेको समयमा काठमाडौँबाट भिट्ठामोड आउँदै गरेको बा.प्र.०१–००६ ख. ५२१६ नम्बरको गंगोत्री ट्राभल्सको यात्रु बोकेको बस आफै अनियन्त्रित भई सडक भन्दा दक्षिण साइडमा दुर्घटनामा परेको थियो।

जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगहपुरबाट खटिएका संयुक्त टोली तत्कालै घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेर उपचारको लागि चन्द्रपुर स्थितको अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिनुभएको छ ।

दुर्घटनामा परि भारत विहार सीतामढीका ४४ बर्सिया रेखा देवी, सीतामढी जिल्लाकै २२ बर्सिया जहदेवी झा, ११ वर्षीय विसुकुमार पटेल, दरभंगा जिल्लाका २६ वर्षीय मोहम्मद अमजल, मोहम्मद ओकिल, ३८ बर्सिया नरगिस खातुन, निजको २ वर्षीय छोरा आयस प्रतिक, धनुषा क्षिरेश्वरनाथ १ का २३ बर्सिया अनुष्का निगम, जनकपुरका ३५ बर्सिया सन्तोषी ठाकुर र जलेश्वर नपा ४ का ४३ बर्सिया पुनम ठाकुर घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिनुभएको छ ।

काठमाडौँबाट भिठ्ठामोड जाँदै गरेको बसमा सबार २५ जना मध्ये १० जना घाइते भएको छ भने १५ जना सकुशल घर फर्किएका प्रहरीले जनाएको छ।

घाइतेहरूको चन्द्रपुर स्थिति अस्पतालमा उपचार भईरहेको छ तथा उनीहरूको अवस्था सामान्य रहेको डिएसपी रायले बताउनु भयो । बस दुर्घटना भएपछि बसका चालक फरार रहेको हुँदा चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.