झापामा बढ्दो हात्ती समस्याबारे काठमाडौंमा छलफल

काठमाडौं- झापाको मेचिनगर, बुद्धशान्ति र भद्रपुरका विभिन्न स्थानहरूमा पछिल्लो समय बढ्दो हात्ती प्रकोप समाधानका लागि आइतबार काठमाडौंमा विशेष छलफल सम्पन्न भएको छ।
नेपाली कांग्रेसका महामन्त्री तथा झापाका संघीय सांसद विश्वप्रकाश शर्माको संयोजनमा सांसद सचिवालयमा सम्पन्न छलफलमा संघीय वन तथा वातावरण मन्त्री एनबहादुर शाही सहित सरोकारवालाहरूको उपस्थिति थियो।
छलफलमा सांसद शर्माले हात्ती नियन्त्रण र जनधन सुरक्षाका लागि मन्त्रालयको ध्यानाकर्षण गराउँदै १५ बुँदे कार्ययोजना प्रस्तुत गर्नुभएको थियो।
कार्ययोजनामा प्रभावित क्षेत्रमा सोलार फेन्सिङ निर्माण, सडक बत्ती जडान, विशेष सुरक्षा युनिट स्थापनादेखि राहत प्रक्रिया सरलीकरण, Rapid Response Team (RRT) का लागि आवश्यक बन्दोबस्त, तथा बाँझो जमिनमा तोरी र मौरी खेतीको प्रवर्द्धनजस्ता विषय समेटिएका छन्।
छलफलमा बाहुन्डाँगी समाजका हिरा आचार्य, मनबहादुर बाहिङ राई, मीन राई, गणेश बराल, नवीन बराल, सन्तोष नेउपाने, राजेन्द्र खनाल, दिलीप सोङमेन, साथै नेपाली कांग्रेस झापा–१ काठमाडौं सम्पर्क समितिका सभापति प्रज्वल कोइरालालगायतको उपस्थिति रहेको थियो।
उपस्थित सहभागीहरूले सरकारलाई हात्ती समस्यालाई प्राथमिकतामा राखी गम्भीर रूपमा लाग्न आग्रह गरेका थिए।
छलफलमा वनमन्त्री शाहीले प्रस्तुत सुझावहरूलाई सरकारको पक्षबाट गम्भीर रूपमा लिइने प्रतिबद्धता जनाउनुभयो।






प्रतिक्रिया राख्नुहोस्