स्थानीय तहले बजेट ल्याउने कानुनी समय सीमा भोलि सकिँदै, ३७ स्थानीय तहले ल्याए बजेट

काठमाडौँ- स्थानीय सरकारले बजेट पेश गर्ने कानुनी समय सीमा घर्किदै गर्दा हाल सम्म जम्मा ३७ स्थानीय तहले मात्र सम्बन्धित गाउसभा/ नगरसभा समक्ष बजेट पेश गरेका छन् ।

बजेट पेश गर्नुपर्ने कानुनी समय सीमा १ दिन मात्र बाकी रहँदा ७५३ स्थनीय तह मध्ये जम्मा ३७ स्थानीय तहले मात्र आर्थिक बर्ष २०८२/०८३ को बजेट सभामा पेश गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

हरेक मस्थानीय तहले असार १० सम्मा बजेट पेश गरिसक्नुपर्ने बाध्यात्मक ब्यवस्था अन्तरसरकारी वित्त हस्तान्तरण ऐनले गरेको छ ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार  हाल सम्म ३७ स्थानीय तहले बजेट सभामा पेश गरिरहँदा ७१६ स्थानीय तहले भने अझै बजेट सभामा प्रस्तुत गरेका गरेका छैनन् ।

बजेट पेश गर्ने स्थानीय तहहरुमा गण्डकी प्रदेश र बागमति प्रदेशका ८ । ८ बटा स्थानीय तह रेहेका छन् । यस्तै मधेश प्रदेशका ९, लुम्बिनी प्रदेशका ४ र सुदुरपश्चिम प्रदेशका ६ र कर्णली प्रदेशका २ स्थानीय निकायले बजेट सभामा पेशको  मन्त्रालयको वेभासाइटमा प्रविष्ट गरेको विवरणमा उल्लेख छ ।

कोशी प्रदेशका कुनै पनि स्थानीय तहले बजेट ल्याएको विषय वेभसाइटमा प्रविष्ट गरिएको छैन । तथापी कतिपय स्थानीय तहले बजेट ल्याएपनि वेभसाइटमा प्रविष्ट नगरेको हुन सक्ने सम्ब्धित मन्त्रायले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.