पहिराले उत्तर दक्षिण काेशी राजमार्ग अवरुद्ध

सङ्खुवासभा – सुक्खा पहिरोले अवरुद्ध उत्तर दक्षिण कोसी सडक अन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदवारि –किम थाङ्का सडक खण्ड अवरुद्ध भएको छ ।  मकालु गाउँपालिका –५ फ्याक्सिन्दा स्थित फ्याक्रे खोलामा सुक्खा पहिरो कारण  खाँदवारि –किम थाङ्का सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेत जानकारी दिनुभयो ।

मङ्गलवार बिहान करिब ६ बजे गाउँपालिका –५ फ्याक्सिन्दा स्थित फ्याक्रेखाेलाकाे पुलमा खसेको सुख्खा पहिरोले खाँदवारि –किम थाङ्का सडक खण्ड अवरुद्ध हुँदा मकालुको केही वडा र भाेटखाेला जाने सडक अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक बस्नेत बत्ताउनुभयो ।

फ्याक्रेखाेलाकाे पुलमा खसेको सुख्खा पहिरो हटाउन सुरु गरिएको  उत्तर दक्षिण कोसी सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताउनुभयो । खाँदवारि –किम थाङ्का सडक अवरुद्ध भएपछि भोट खोलाबाट सदरमुकाम खाँदवारि आउने दर्जनौँ यात्रु फ्याक्सिन्दामा  अलपत्र परेका छन् ।  त्यस क्षेत्रमा बेला बेला पहिरो खसिरहने भएका कारण कोसी राजमार्गको भोट खोला सडक खण्ड अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.