कालिगण्डकी करिडाेर एकतर्फी खुल्यो

स्याङ्जा – निरन्तरकाे वर्षा सँगै असार छ गते दिउसोबाट पहिरोले अवरुद्ध भएको कालिगडकी करिडोर एकतर्फी रूपमा सञ्चालनमा आएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर- १ गरगरे स्थित कालीगण्डकी करिडोर बाटोमा माथिबाट पहिरो आई सडक पूर्वरूपमा अवरुद्ध भएको थियो ।
अवरुद्ध सडक तीन दिनपछि एकतर्फी रूपमा सञ्चालनमा आएको भय पनि पुन ढुङ्गा सहितको पहिरो खस्दा अवरुद्ध भएको हो । निरन्तरकाे प्रयास पछि मङ्गलवार बिहान १० बजे वाट बाटो खुलेसँगै रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ लागेका छन् ।
निरन्तर डुङ्गासहितको पहिरो झरिरहेकाले समयमै बाटो खुलाउन समस्या भइरहेको थियो । बर्खा सुरु भएसँगै करिडोरमा चट्टान सहितको सुख्खा पहिरोले समस्या हुँदै आएको छ । हर्मिचाैर बलेवा सडक निर्माणको जिम्मा पाएको एम यश कालिका कन्स्ट्रक्सन पहिरो सफागर्ने काम गरिरहेको इन्जिनियर विशाल ढुङ्गानाले बत्ताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्