मिटर ब्याजको झेलमा ठाकुर परिवारको बिचल्ली

सिराहा – राम आशिष् ठाकुर र उनकी श्रीमती गुलाब ठाकुरको पीडाले अहिले मिटर ब्याजको भयावह यथार्थलाई झनै सतहमा ल्याएको छ। छोरा पढाउनका लागि २०७४ सालमा साहुनी शारदा देवी साहबाट लिएको ४ लाख रुपैयाँकै कारण आज गुलाब ठाकुरको जिन्दगी बरबादीको अवस्थामा पुगेको छ। पीडित गुलाब ठाकुर भन्छिन्, “मैले छोरा पढाएर ठुलो बनाउने सपना देखेँ। त्यो सपना आज ऋणको बोझले चकनाचुर भयो।
साहुनीले दिएको तमसुक न फिर्ता गर्दा अब त जग्गा पनि गयो, इज्जत पनि गयो।” गुलाब ठाकुरले लघुवित्त संस्था र महिला समूहबाट बारम्बार ऋण लिएर तिरे पनि ब्याजको ब्याजले उनीहरूलाई जकड्यो।
साहु सङ्ग ४ लाखका लिएको बापत हप्ता ( खेपी ) १० हजार कुनै हप्तामा २० ट महिनामा ५० हजार देख लाखा सम्म हप्ता ब्याज असुल्न थालेपछि, चार महिनामै ऋण दोब्बर बन्यो। त्यसपछि सुरु भयो– मानसिक पीडा, सामाजिक अपमान, र अब आर्थिक विनाश।
गुलाबको भनाइमा, “हामीले ४ लाखको सट्टा ८ लाखभन्दा बढी तिरेका छौँ, तर साहुनीले तमसुक फिर्ता नगरेर उल्टै १२ कठा जमिन लिलाम गराइन्। स्थानीय प्रशासनमा उजुरी गर्दा पनि सुनुवाइ भएन।
आन्दोलन गर्दा आश्वासन त आयो, तर न्याय कहिल्यै आएन।” प्रशासनको मौनता र स्थानीय प्रतिनिधिको उदासीनता ठाकुर परिवारले स्थानीय वडा अध्यक्षदेखि जिल्ला प्रशासन कार्यालयसम्म उजुरी गरे पनि अहिलेसम्म ठोस कारबाही भएको छैन।
“यस क्षेत्रमा मिटर ब्याज ठुलो समस्या हो। दर्जनौँ परिवार यस्तो ठगीमा परेका छन्। तर पीडितको कुरा सुन्ने कोही छैन।
स्थानीय मानव अधिकारकर्मीहरुले यस प्रकरणमा चासो देखाएका छन्। उनीहरू भन्छन् कि यस्तो ब्याज लिने कार्य गैर कानुनी हो र ऋणको लेनदेन ऐन २०८० अनुसार यस्तो तमसुक र ब्याज दर अमान्य ठहरिन सक्छ।
मानव अधिकारकर्मी भन्छन्: “अदालतमा जाने हो भने तमसुकको प्रमाणिकता, अवैध ब्याजदर र लिलामी प्रक्रियालाई चुनौती दिन सकिन्छ। तर पीडितसँग कानुनी प्रकृयामा जान पैसा छैन, कानुनी सहायता चाहिन्छ।” अबको बाटो के? राम आशिष् ठाकुर अहिले बेरोजगार छन्। परिवारको अवस्था नाजुक छ। उनीहरू न्यायका लागि फेरि आन्दोलनको तयारीमा छन्। स्थानीय नागरिक समाज, पत्रकार, र अधिकारकर्मीहरूले पीडितको पक्षमा आवाज उठाउन थालेका छन्। अब प्रश्न उठेको छ – मिटर ब्याजमा फसेका सर्वसाधारणका लागि सरकारले कस्तो व्यवस्था गर्छ?






प्रतिक्रिया राख्नुहोस्