विपद् व्यवस्थापनमा सञ्चार क्षेत्रको सक्रियता र संवेदनशीलता अपरिहार्य : मन्त्री लेखक

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले सहि समयमा सहि सूचना प्रवाह गर्न सक्यौं भने जुनसुकै समयमा पनि विपद्बाट हुन सक्ने क्षतिको न्यूनिकण गर्न सकिने बताउनुभएको छ। राजधानीमा मंगलवार विपद् पत्रकारिता सञ्जालले आयोजना गरेको ‘विपद् व्यवस्थापनमा पत्रकारको भूमिका’ विषयक एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

सञ्जालका महासचिव श्रीजन झाको सभापतित्वमा सम्पन्न् उक्त कार्यक्रममा बोल्दै मन्त्री लेखकले राज्यका तर्फबाट विपद् व्यवस्थापनमा विविध संरचनात्मक पहल भइरहे पनि सञ्चार क्षेत्रको सक्रियता र संवेदनशीलता अपरिहार्य रहेको बताउनुभयो ।

साथै उहाँले जनतालाई समयमै सही सूचना दिदै विपदको समयमा हुन सक्ने ठूलो क्षति हुनबाट जोगिन पत्रकारहरूलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्दै विपद् परिस्थितिमा सञ्चार नै संकट व्यवस्थापनको आधार बन्न सक्ने बताउँदै आपत्कालीन सञ्चार संरचना सुदृढ गर्न सरकार अग्रसर रहेको र पत्रकारहरूको सुरक्षालाई समेत ध्यानमा राखिने बताउनुभयो ।

त्यस्तै मनसुनजन्य विपद केन्द्रीत हुँदै सम्बोधनकै क्रममा विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि काठमाडौं ,पोखरा र सुर्खेतसंगै अन्य स्थानमा समेत नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको जानकारी दिदै विगतको अवस्थाबाट सिकदै यसपटक सकारले सिमित स्रोत साधनकावीच विपद् प्रतिकार्य एवं न्यूनीकरणका लागि सरकार लागिपरेको बताउदै यसमा प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, गैरसरकारी संस्था, यातायात व्यवसायीलगायत सबैले हातेमालो गरेर विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यमा जुट्नुको विकल्प नभएको बताउनुभयो ।

त्यस्तै मन्त्री लेखकले प्रतिकार्य तथा जोखिम न्यूनीकरणका लागि नीजि क्षेत्रसँग पनि समन्वय र सहकार्य गर्ने काम भइरहेको जनाउसंगै सातवटै प्रदेशमा रहेको आपतकालिन गोदाम घर प्रदेश सरकारलाइ स्तानान्तरण गरिएको जानकारीदिदै जिल्लामा पनि विपद्का लागि आवश्यक रकम राहत सामाग्री तयार गर्न जिल्लास्थित विपद् समितिलाई निर्देश गरिनुका साथै सूचना जारी गर्ने पद्धतीलाइ थप व्यवस्थित र समयानुकल बनाउँन निर्देशसंगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् प्रतिकार्य तयारी एवं जोखिम न्यूनीकरणको तयारीलाइ प्रभावकारी बनाउनु निर्देशन दिइएको दिइसकेको बताउनुभयो ।

त्यस्तै प्रशिक्षण कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरण प्राधिकरणका कार्यकारी प्रमुख ई। दिनेश भट्टले मनुसन प्रतिकार्यका लागि राष्ट्रिय कार्ययोजना निर्माण भई कार्यान्वयनका लागि सबै सरोकारवाला निकायमा पठाइएको जानकारी दिनुभयो । त्यस्तै कार्यकार िप्रमखि भट्टले सोमबार मात्र कमाण्ड पोष्टको बैठक बसी मनुसन अवधिभर सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन ७७ जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गरिएको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव राप्रसाद दाहालले अवधारणा, सञ्चार रणनीति, अफवाह व्यवस्थापन, मनोवैज्ञानिक संवेदनशीलता, तथा पुनःस्थापनामा पत्रकारको भूमिकाको विषयमा चर्चा गर्दै महासंघले सजालको समन्वयमा मुलुकको सबै प्रदेशमा यस किसिमको सचेतनामुलक प्रशिक्षणको आयोजना गर्ने समेत बताउनुभयो ।

त्यस्तै सञ्जालका महासचिव झाले विपद्को समयमा पत्रकारिता व्यवस्थापनको महत्त्वपूर्ण अङ्ग भएको बताउदै पत्रकारले सूचना प्रवाहमार्फत जनचेतना, पूर्वतयारी, सचेतना, राहत तथा पुनःस्थापना प्रक्रियामा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । साथै पत्रकारिताको स्वतन्त्रता, सुरक्षा र विश्वसनीयतालाई जोगाउँदै विपद् व्यवस्थापनको लागि पत्रकारलाई विपद् प्रतिकार्य तालिममा समावेश गर्नु, सूचना प्रवाहको प्राथमिकता दिनु र समुदायसँग जोड्ने सेतु बनाउनु आजको आवश्यक भएको बताउदै पत्रकारले केवल समाचार दिने मात्र नभई जोखिम न्यूनिकरण, सरोकारवालाबीच समन्वय, जनसाधारणलाई चेतना र सशक्तीकरण दिलाउने काम गर्दछन्। त्यसैले विपद् व्यवस्थापनमा पत्रकारको भूमिकालाई संस्थागत रूपमा मूल्याङ्कन गर्दै क्ष्मता अभिवृद्धि गर्नु आवश्यक रहेको बताउनुभयो

विभिन्न सञ्चार माध्यमका पत्रकारहरूको सहभागिता रहेको प्रशिक्षण कार्यक्रमको दोस्रो सत्रमा वरिष्ठ पत्रकार रधु मैनाली र राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले सहजिकरण गर्दै विपद्को अवधारणा, सञ्चार रणनीति, अफवाह व्यवस्थापन, मनोवैज्ञानिक संवेदनशीलता, तथा पुनःस्थापनामा पत्रकारको भूमिकासंगै विपद् पूर्वतयारीमा सञ्चार माध्यमले जनचेतना अभिवृद्धिमा पुर्‍याउन सक्ने योगदानबारे प्रकाश पार्नुभएको थियो । त्यस्तै, प्रशिक्षकद्वयले विपद्को बेला तथ्यमा आधारित र संवेदनशील रिपोर्टिङ् आवश्यक रहेकोमा जोड दिदै यसवीचमा सिर्जना हुने व्यवहारिक चुनौती, स्रोतको अभाव, पहुँचको कठिनाइ जस्ता पक्षहरूबारे आफ्ना अनुभव साझा गर्नुभएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.