वेलकोटगढी नपाको बजेट बढ्यो

अधिकांश पालिकाले गरे बजेट सभा 

नुवाकोट-

नुवाकोटको बेलकोटगढी नगरपालिकासहित अधिकांश स्थानीय तहले मङ्गलवार आआफ्नो बजेट सभा गरेका छन् । अधिकांशले शिक्षा, स्वास्थ्य, कृषि, आधुनिक उपकरण, पर्यटन, धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण र सम्वद्र्धनको निर्णय गरेका छन् ।

नुवाकोटको आठ वर्ष पुरानो बेलकोटगढी नपाको दोस्रो नगर सभा मेयर जगतवहादुर गुरुङद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम र उपमेयर शिवप्रसाद दाहालद्वारा प्रस्तुत वार्षिक बजेट पारित गर्दै मङ्गलवार वाघखोरमा सम्पन्न भएको छ ।

दोस्रो नगर बजेट अधिवेशनबाट आगामी आव २०८२÷०८३ को नीति कार्यक्रम तथा विनियोजन विधेयकसहितको नगर सभा सहमतिको साथ सम्पन्न भएको छ ।सो नपाको बजेट सभाले आगामी आवका कुल ९७ करोड ६३ लाख १५ हजार दुई सय ९८ रुपैयाँको बजेट पारित गरेको छ ।

सो बजेट गत वर्षको भन्दा पाँच करोड रुपैयाँको धेरै बजेट हो । बजेटमा कृषि, पर्यटन र पूर्वाधार विकासमा विशेष जोड दिइएको छ ।

विशेष रूपमा चिम्टेश्वर क्षेत्रको धार्मिक तथा पर्यटकीय सम्भावनालाई दृष्टिगत गर्दै ‘चिम्टेश्वर विकास ऐन’ ल्याउने र चिम्टेश्वर विकास समितिलाई वैधानिकता दिने व्यवस्था गरिएको छ । स्वास्थ्य सेवा विस्तारको उद्देश्यले वडा नं। ८ र १२ मा प्रसूति सेवा सहितको बर्थिङ सेन्टर स्थापना, बालमैत्री विद्यालय कार्यक्रम, किसानमैत्री कृषि कार्यक्रम, र क्द्यद्यक् चिकित्सक सेवा विस्तारजस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

सभाले उत्कृष्ट विद्यालय, उत्कृष्ट विद्यार्थी र उत्कृष्ट खेलाडीहरूलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको मेयर जगतवहादुर गुरुङको भनाई छ । सो नपामा वालमैत्री विद्यालय घोषणाको तयारी, कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिइएको उहाँको भनाई छ ।
नगर सभामा वेलकोटगढीका उपमेयर शिवप्रसाद दाहाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक थिङ, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू,  सदस्यहरू, विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरू, विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधिलगायतले स्थानीय माग र आवश्यकता अनुसारका योजना सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो । अधिवेशनले स्थानयि श्रोत र साधनको संरक्षण र सम्वद्र्धन गर्नेसमेत जनाएको छ ।

यससँगै नुवाकोटको तारकेश्वर, तादी, दुप्चेश्वर, म्यागङ, सुर्यगढी, शिवपुरी, लिखु, किस्पाङसहित अधिकांश स्थानीय तहले आगामी आवका लागि बजेट पारित गरेका छन् । अधिकांशले स्थानीय क्षेत्रको विकास, प्रवर्द्धन, खेल, धार्मिक तथा पर्यटनमा जोड दिएका छन् ।

तारकेश्वर गाउँपालिकाको १२औँ बजेट सभा दाङसिङमा सम्पन्न भएको छ । सो गापाको वार्षिक नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित भएको छ ।

तारकेश्वर गाउँपालिकाको १२औँ गाउँ सभा भव्य रूपमा सम्पन्न भएको छ । सभामा गापा अध्यक्ष शिव अधिकारी ‘अविरल’ले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा पारित भएको छ ।

गापा उपाध्यक्ष हरिप्रसाद रिमालले आगामी आर्थिक वर्ष २०८२÷०८३ को आर्थिक विनियोजन विधेयक (बजेट) प्रस्तुत गर्नुभएको हो।  सभाले नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित गरेको हो ।

अध्यक्ष अधिकारीले तारकेश्वरको समृद्धि र विकासको अभियानमा सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै १२औँ गाउँ सभामार्फत एकता प्रदर्शन भएकोमा आभार व्यक्त गर्नुभयो । सर्वसम्मतिका लागि सबै राजनीतिक दलहरूको  सहमतिसहित विकास कार्य गरिने प्रतिवद्धता उहाँ जनाउनुभयो ।
उता, नुवाकोटकै पञ्चकन्या गापाको सभाले आगामी वर्षका लागि प्रस्तुत ४३ करोड ७३ लाख ६७ हजार रुपैयाँको बजेट पारित गरेको छ । समृद्ध पञ्चकन्या निर्माण गर्ने उद्धेश्यकासाथ पञ्चकन्या गापाको १८ औँ गाउँ सभा सम्पन्न भएको हो ।

गाउँसभामा अध्यक्ष तेजबहादुर तामाङ रमेशले पेस गरेको  वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष विमला पाठक केसीले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०८२÷०८३को आर्थिक विधेयक, विनियोजन विधेयक र बजेट सर्वसम्मत रूपमा पारित भएको छ । यसका साथै गाउँभामा न्यायिक समितिको प्रतिवेदनका र कार्यपालिकाकाबाट भएका निर्णयहरूको अनुमोदन समेत भएको छ ।
गाउँभामा उपाध्यक्ष केसीले कुल ४३ करोड ७३ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकोमा पारित भएको छ ।  उक्त बजेट विनियोजन(१) को ऐनद्वारा सञ्चित कोषबाट खर्च खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८२÷०८३ को लागि गाउँपालिकाको वडा समिति, विषयगत समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यको निमित्त विनियोजन गरिने जनाएको छ ।

यसअघि वार्षिक कार्यक्रम पेस गर्दै अध्यक्ष तामाङले पेस गरेको नीति तथा कार्यक्रम अनुसार सो गापामा २४ पक्की ९३ किलोमिटर गभेल सडक र १ सय ९४ किलोमिटर ग्रामीण सडक रहेका छन् । गाउँपालिकाका सबै वडामा सडक पुगेको, गाउँपालिकादेखि प्रमुख राजमार्गमा सडक सञ्जाल पुगेको छ ।

५ ओटा पक्की भवन, ३ ओटा सम्पन्नका साथै ७ ओटा भवन आंशिक रूपमा निर्माण सम्पन्न भएको पनि उल्लेख गरिएको छ । यस्तै चालु आवमा एउटा झोलुङ्गे पुल निर्माण भएको र हाल गाउँपालिकामा २१ झोलुङ्गे पुल सञ्चालनमा रहेको पनि उल्लेख गरिएको छ ।

किस्पाङ गाउँपालिका गाउँ सभाको १६ अधिवेशन बैठक काहुलेमा  सम्पन्न भएको छ   । गापा अध्यक्ष वीरवल तामाङद्वारा प्रस्तुत आगामी आव २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेद्वारा प्रस्तुत वार्षिक बजेट पारित भएको छ ।

सो गापाको सभाले कुल  ४३ करोड ८४ लाख ९७ हजार रुपैयाँको वार्षिक बजेट विनियोजन गरेको छ । किसान, गृहिणी, स्वास्थ्य, शिक्षा र विकासमा प्राथमिकता दिइएको छ ।

यस्तै, तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङको सभाध्यक्षमा सम्पन्न तादी गापाको १७ औँ अधिवेशनको दोस्रो बैठकमा वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।  तादी गापाकी  उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिकी  संयोजक सज्नु प्याकुरेल श्रेष्ठबाट  प्रस्तुत आगामी आवको वार्षिक बजेट सभाले पारित गरेको छ ।

तादी गापाको बजेट तथा कार्यक्रम, आर्थिक विधेयक २०८२, तादी गापाको विनियोजन विधेयक २०८२ सर्वसम्मति रूपमा पारित भएको हो । तादिले पनि पर्यटन, पूर्वाधार र विकासमा जोड दिएको छ ।

यता, लिखु गाउँपालिकाको बजेट ४९ करोड ३६ लाख रुपैया पारित भएको छ । लिखु गापाले आर्थिक वर्ष २०८२÷०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।

गापामा आयोजित १७ औँ गाउँभामा गाउँपालिकाका अध्यक्ष ध्रुर्व श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष सुभद्रा अधिकारीले बजेट पेस गरेकोमा पारित भएको छ । उपाध्यक्ष अधिकारीले पेस गरेको चालू खर्च, पूजीगत खर्च र वित्तीय व्यवस्थापनको रकम समेत गरी जम्मा कुल ४९ करोड ३६ लाख ६२ हजारको बजेट रहेको छ ।

उक्त बजेट विनियोजन९१० को ऐनद्वारा सञ्चित कोषबाट खर्च खर्च गर्न अधिकार दिइएको रकम आगामी आवको लागि गाउँपालिकाको वडा समिति, विषयगत समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यको निमित्त विनियोजन गरिने छ । गाउँभामा अध्यक्ष श्रेष्ठको सभापतित्वमा  उपाध्यक्ष शुभद्रा अधिकारीमार्फत पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट वक्तव्य, विनियोजन विधेयक २०८२, न्यायिक समितिको वार्षिक प्रतिवेदन र राजस्व परामर्श समितिका संयोजक नरहरि पाण्डेबाट पेस गरिएको आर्थिक विधेयक र लिखु  गापाको केन्द्र परिवर्तन गरेर लिखु ४ गड्खारमा स्थानान्तरण गर्ने विशेष प्रस्ताव गाउँभामा पेस भएको छ ।

गाउँपालिकाले नीति तथा कार्यक्रममा कृषि, भौतिक पूर्वाधार, स्वास्थ्यलगायतका क्षेत्रका लागि बजेट विनियोजन गरेको छ । यस्तै गाउँपालिकाको भवन निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ ।

उता, शिवपुरीको बजेट ६० करोड ४८ लाख ८६ हजार ३ सय ३३ रुपैयाँ पारित भएको छ । शिवपुरी गापालाई सूचना प्रविधिमैत्री बनाइने पनि निर्णय भएको छ ।

शिवपुरी गापाको गाउँ सभाको शेरावगरमा सम्पन्न १६ औँ अधिवेशनमा गापा अध्यक्ष गोविन्दप्रसाद थपलियाले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष वीरबहादुर तामाङले प्रस्तुत गरेको बजेट पारित गरेको छ ।  बजेट सभामा उपाध्यक्ष तामाङले  आगामी आवको लागि कुल बजेट ६० करोड ४८ लाख ८६ हजार तीन सय ३३ रुपैयाँको बजेट सर्वसम्मतले पारित भई १६ औ अधिवेशन सम्पन्न भएको छ ।

यता, म्यागङ गापा अध्यक्ष आशाबहादुर तामाङद्वारा प्रस्तुत  वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष सीता वाइबाद्वारा प्रस्तुत बजेट पारित भएको छ । सो गापामा आगामी आवका लागि कुल ४४ करोड ४६ लाख ११ हजार ३३ रुपैयाँको बजेट पारित भएको छ ।
उता, दुप्चेश्वर गापाको वार्षिक नीति तथा कार्यक्रमसमेत पारित भएको छ ।   गापा अध्यक्ष शङ्कर बहादुर थापाबाट प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष माकुरी तामाङबाट प्रस्तुत बजेट सर्वसम्मत रूपमा पारित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.