दुर्घटना न्यूनिकरणका लागि निगरानी

धादिङ – नेपालकै सबै भन्दा धेरै सवारी दुर्घटना हुने राजमार्ग मध्ये प्रमुख मानिने पृथ्वी राजमार्गमा दैनिक जसो साना ठूला सवारी साधनहरू दुर्घटनामा पर्न थालेसँगै स्थानीय प्रशासान र प्रहरीले चेकजाँचलाइ तिव्रता दिएको छ । 

सवारी चालकहरूका कारण हुने सवारी दुर्घटना न्यूनिकरणका लागि प्रहरीले मुख्य राजमार्गलगायत शाखा सडकहरूमा गुड्ने सवारीका चालकहरूलाई राजमार्ग प्रवेश गर्नु भन्दा पहिले नै मादक पदार्थ साथै लागूपदार्थ सेवन गरे नगरेको जाँच गर्न सुरु गरेको छ । 

सडक निर्माणाधीन अवस्थामा भएका कारण  जथाभावी खनेर छाडिदिएको सडक त्यसमाथि सवारी चालकहरूको लापरबाही तरिकाबाट सवारी हाँक्ने प्रवृतिका कारण सवारी दुर्घटना बढने गरेको स्थानीयको गुनासो  रहेको छ । 

पछिल्लो केही दिन यता पृथ्वी राजमार्ग र त्रिभुवन राजपथलगायत, कालु पाण्डे लगायतका सडकमा  दैनिक सवारीका साधनहरू सवारी दुर्घटनामा पर्ने गरेको तथ्याङ्क प्रहरीसँग रहेको छ । सावरी चालकहरूले लागूपदार्थ सेवनको जाँचका क्रममा सवारी चालकहरुले लागू पदार्थ सेवन गरेर सवारी हाँकेको पाइएको छ ।

धादिङबेसी मलेखु सडक खण्डमा सवारी हाँक्ने चालकहरूमा गरिएको लागूपदार्थ सेवनको जाँचमा एक जना माइक्रो चालकले लागूपदार्थ सेवन गरी सवारी हाँकेको पाइएको जिल्ला ट्राफिक प्रहरीका कार्यालय धादिङका प्रमुख सुरज श्रेष्ठले जानकारी दिनु भएको छ । 

सो सडक खण्डमा हिजो २७ सवारी चालकहरूको लागू पदार्थ सेवनको जाँच गरेको हो । लागूपदार्थ सेवन गरी हाँकेको सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप कारबाही प्रक्रिया अगाडि बढाएको  छ । 

यससँगै सवारी दुर्घटना न्यूनीकरणका लागी प्रहरीले राजमार्गमा सादा पोषकमा समेत प्रहरी खटाई आवश्यकता अनुसार जाँच समेत गर्न सुरु गरेको धादिङका प्रहरी प्रमुखको दीपेन्द्र शाही बताउनु भएको छ ।

धादिङ जिल्लामा पर्ने मुख्य राजमार्गको अव ठाउँ ठाउँमा छड्के जाँचका लागी अब भने शिविर नै खडा गरी लापासे जाँच गरिने छ । जाँचका क्रममा गाँजा, रक्सीलगायत अन्य लागु पदार्थको समेत जाँच गरिने र सवारी चालकहरूको स्वास्थ्य अवस्था र आँखाको दृष्टि जाँच समेत गरिने प्रहरीले बताएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.