नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा
चितवन: चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा जोखिमपूर्ण अवस्थामा रहेका ढुङ्गा हटाएपछि मुग्लिङ-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ।
केही समय एकतर्फी भएको राजमार्ग ढुंगा हटाएसँगै दुईतर्फी रूपमा सञ्चालनमा आएको हो।
ढुङ्गा पन्छाउने काम सम्पन्न भएसँगै नारायणगढ-मुग्लिन सडक पुर्णरूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
सो क्षेत्रमा सडकमाथि जोखिमपूर्ण अवस्थामा रहेका ढुङ्गा सडक डिभिजन कार्यालयले हटाएको हो ।
ढुङ्गा व्यवस्थापनसँगै बर्षातको समयमा हुनसक्ने जोखिम हटेको प्रहरीले जनाएको छ। ।।






प्रतिक्रिया राख्नुहोस्