धादिङ स्थित पृथ्वी राजमार्गको थाक्रे स्थित आठ किलोमा भएको ट्रिपर दुर्घटनामा चालक र सहचालक घाईते

धादिङ-  गए राती पृथ्वी राजमार्गमा भएको सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् । काडमाण्डौंतर्फबाट महादेववेशी आउँदै गरैको ट्रिपर थाँक्रे गाउँपालिका स्थित वडा नम्बर ७ आठ किलो भन्ने स्थानमा दुर्घटनामा पर्दा उनीहरू घाइते भएका हुन् ।

ट्रिपर अनियन्त्रित भई सडकबाट करिब दश मिटर तल खसेको छ । घाइते ट्रिपर चालक मकवानपुर निवासी ४८ वर्षीय मन काजी बल र सह–चालक मकवानपुरकै १८ वर्षीय निशान ठकुरी रहेको प्रहरीले जनाएको छ ।

घाइते दुबैलाई थप उपचारका लागी काठमाडौँ स्थित ट्रमा सेन्टरमा राति नै पठाइ उपचार गराई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनु भएको छ । अहिले घाइते दुवैको अवस्था खतरा मुक्त रहेको अस्पतालबाट जानकारी लिँदै उहाँले बताउनु भएको छ । दुर्घटना के कारणले भएको भन्ने विषयमा थप अनुसन्धान भई रहेको पनि धादिङ प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.