काँग्रेस महाधिवेशन समयमै हुन्छः सभापति देउवा

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस महाधिवेशन समयमै हुने बताउनुभएको छ ।

चितवन विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो दाबी गर्नुभएको हो ।

नेपाली काँग्रेसको महाधिवेशन समयमा हुनबाट रोक्न लागिएको भन्दै अहिले केही नेता र कार्यकर्ताहरुले विरोध जनाउँदै आएका छन् । सोही प्रसंगमा सञ्चारकर्मीहरुको जिज्ञासमा सभापति देउवाले समयमै काँग्रेस महाधिवेशन हुने बताउनु भयो । सभपति देउवाले बजेटमा टेक एण्ड पेको सामान्य कुरा हटिसकेपछि बजेट पास भएको र यसलाई ठूलो रुपमा हेर्न नहुने बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘एउटा सानो कुरा थियो । टेक एण्ड पे भन्ने हट्यो, बजेट पास भइसक्यो । सानो कुरा हो । ठूलो कुरै होइन । काँग्रेस महाधिवेशन समयमै हुन्छ । कहाँबाट हुनु झुटो कुराहरु हो ।’

सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको कुरा झुटो रहेको बताउनु भयो ।

सभापति देउवा, काँग्रेस नेता शशांक कोइराला, विमलेन्द्र निधि, कोषाध्यक्ष उमेश श्रेष्ठलगायत नेताहरू आज नेपाली कांग्रेसकी नेतृ तथा प्रजातन्त्र सेनानी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा सहभागी हुन चितवन आउनुभएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.