बाढीले घर बगाउँदा महिला बेपत्ता
एक जना घाइते, सात घरमा क्षति

नुवाकोट- नुवाकोटको पूर्वी भेगमा रहेको ओखरपौवाको गंंगरवगरमा भलवाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । उनका श्रीमान् घाइते भएका छन् ।
सदरमुकाम विदुरदेखि ५० किलोमिटर पूर्वमा रहेको ककनी गाउँपालिका–१ ओखरपौवास्थित बगरमा अविरल वर्षासगै आएको भलवाढीले घर बगाउँदा एक महिला बेपत्ता भएकी हुन् । उनका श्रीमान् घाइते भएको वडाध्यक्ष पदमबहादुर बलामीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अविरल वर्षाको कारण स्थानीय बिमचा खोल्सामा आएको भलबाढीले घर बगाउँदा ३३ वर्षीय कमला बलामी बेपत्ता भएकी हुन् । उनका श्रीमान् ३५ वर्षीय आकाश बलामी घाइते भएका छन् ।
आकाशको काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्