एसईईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी

 काठमाडौं –  माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिको निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ ।

नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक केहीसमय अघिबाट बसिरहेको राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरबाट हाम्रा सहकर्मी केशबराज विष्टले जानकारी दिनुभएको छ ।

उत्तर पुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने कामसमेत सकिएकाले बोर्डले आजै नतिजा प्रकाशन गर्न लागेको हो ।

नतिजा सार्वजनिकको प्रतिक्षामा राष्ट्रिय परीक्षा बोर्डको परिसरमा संचारकर्मीहरु: फोटो केशबराज बिष्ट / सानोठिमी भक्तपुर 

असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यपालिका बने पनि गत २०८१ को चैत २० देखि ०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा  गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।

गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.