एमाले विभाजनको आश नगरे हुन्छ,नेकपा एमाले एक छ र एकजुट भएर लाग्छ: प्रधानमन्त्री ओली

​काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेमा भित्र कुनै समस्या नरहेको स्ष्ट पार्नु भएको छ।

मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंमा गरेको जबजका तीन दशक विषय विचार गोष्ठी कार्यक्रममा ओलीले पार्टी एकजुट भएको भन्दै पार्टि भित्र समस्यमा छ भन्दै फुटको भ्रममा नपर्न आग्रह गर्नु भयो ।

असार १४ गतेको दिन पारेर एमालेमा ठूलै केही हुन्छ भनेर केहीले धेरै आशा गरेको बसेको भन्दै त्यस्तो भ्रमम नपर्न समेत प्रधानमन्त्री ओलीको आग्रह थियो ।

‘मदन भण्डारीको ७४ औं जन्मजयन्ती, यसलाई धेरैले विभिन्न आश गरेका छन् । यहाँ मैले बम पड्काउँछु, विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, भन्ने सपना देखेर बसेको छ कुनै बम, बन्दुक, बारुद, गोला केही पड्कनेवाला छैन । आश नगरे हुन्छ । नेकपा एमाले एक छ, एक हुन्छ, एकजुट भएर लाग्छ ।’ प्रधानमन्त्रीले भन्नभयो ।

‘आज मदन भण्डारी ७४ औं जन्मजयन्ती पनि हो । राष्ट्रिय वृक्षारोपण पनि हो । देश त्यसमा लागेको छ । कुन चाहिँ अनलाइन हो कुन्नी थाहा छैन, यो कार्यक्रम भाँड्नका लागि वृक्षारोपण कार्यक्रम राखियो भनेर भन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.