हुम्लाका लागि रसुवागढी केरुङ नाका हुँदै चामल ढुवानी

रसुवा- नेपाली भूमी हुम्ला जिल्ला बासिका लागि रसुवागढी नाका हुँदै खाद्यान्य चामल ढुवानी सुरु भएको छ । हुम्लाका लागि पठाइने खाद्यान्नको मूल्य सस्तो पर्ने भएपछि काठमाडौंबाट रसुवागढी हुँदै केरुङ नाका र तिब्बती भूमि हुँदै ढुवानी सुरु गरिएको हो ।

काठमाडौंबाट पठाइएको खाद्यान्न अहिले केरुङ नाका पुगेको छ । केरुङसम्म नेपाली कन्टेनरले ढुवानी गर्ने छ भने केरुङबाट तिब्बती भूमि हुँदै दुई दिनमा हुम्लाको हिल्सा नाकासम्म चीनीया गाढीले ढुवानी गर्ने छ ।

त्यसपछि नेपाल खाद्य संस्थानको गोदामसम्म ट्याक्टर तथा खच्चरबाट ढुवानी गरिने लामा सृजना जेबिका सदस्य सुरेस थोक्राले बताउनु भयो । रसुवा भन्सार कार्यालयका टिमुरेका प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईका अनुसार अनुसार पाँच हजार पाँच सय क्वीन्टल चामलको निर्यातका लागि भन्सार भईसकेको बताउनु भयो ।

काठमाडौंबाट केरुङ नाका र तिब्बत भएर हुम्लासम्म खाद्यान्न पुग्न करिब ६ दिन लाग्ने बताईएको छ । अघिल्ला बर्षहरुमा पनि संस्थानले हुम्लाका लागि यस मार्गबाट चामल ढुवानी गरिरहेको छ ।

तिब्बती मार्ग भएर लगिएको खाद्यान्न हिल्सा पुर्‍याइएपछि त्यहाँबाट सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकाको यालबाङ वितरण केन्द्रमा पठाइनेछ । यालबाङका लागि यस मार्गबाट ढुवानी गरिएको चामल सस्तो पर्ने भएपछि नेपाल खाद्य संस्थानले रसुवागढी नाका हुँदै खाद्यान्य ढुवानी सुरु गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.