कृषि उद्यममार्फत स्वरोजगार बढाउन सकिन्छ : लुम्बिनीका सभामुख घर्ती मगर

पाल्पा-  लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै कृषिमा आत्मनिर्भरता बढाउन सकिने जनाउनु भएको छ । उहाँले कृषि उद्यमशीलताको विकासमार्फत कृषिलाई स्वरोजगारसँग जोड्न सकेमा वैदेशिक रोजगारीमा भर पर्नु पर्ने बाध्यताको अन्त्य गर्न सकिने  जनाउनु भएको छ ।

२२ औँ राष्ट्रिय धान दिवस २०८२ को अवसरमा आज बिहान शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले कृषिलाई आधुनिकीकरण गर्न जमिनको चक्लाबन्दी, सिँचाईको राम्रो प्रबन्ध, आधुनिक उपकरण, मल, उन्नत बिउ बिजनको उचित व्यवस्था  गर्न आवश्यक रहेको बताउनुभएको छ।    “सिचाई को अभावमा कृषकहरुले अहिले पनि आकाशको भर पर्नु पर्ने बाध्यता हटेको छैन । सिँचाइको उपयुक्त व्यवस्था र मलखाद आदिको व्यवस्था मिलाउन तथा नीति कार्यक्रममा समावेश गरिए अनुसार कृषि क्षेत्रमा लगानी बढाउन प्रदेश सरकार तथा सरोकारवाला निकायहरूको ध्यानाकर्षण समेत गराउँदछु ।” शुभकामना सन्देशमा उल्लेख छ ।

सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट कृषि उत्पादन बढाउने गरी नीति निर्माण भए पनि कार्यान्वयनको अवस्थामा सुधार ल्याउन नसकिएको र कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रसँग जोडेर यसको दीर्घकालीन नीति निर्माण गर्न आवश्यक रहेको शुभकामना सन्देशमा उल्लेख छ ।
उहाँले लुम्बिनी प्रदेश सभा कृषिबाटै जनताको जीवनस्तर उकास्न कृषिमैत्री कानुन र नीति निर्माणमा प्रतिबद्ध रहेको र यो दिवसको अवसरमा कृषकको हक अधिकार स्थापित गर्न तथा कृषिको प्रवर्द्धनको लागि सधैँ प्रतिबद्ध भएर लाग्ने विश्वास समेत दिलाउनु भएको छ ।
नेपालको आर्थिक विकासमा कृषि क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको जनाउनुहुँदै उहाँले  धान लगायतका बालीको उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन गर्न सकिने अवस्था सृजना गर्न सकेमा “धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने यो वर्षको दिवसको नाराले सार्थकता पाउने शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ । असार १५ लाई मानो रोपेर मुरी उब्जाउने दिनको रूपमा समेत यस दिनलाई लिइन्छ । कृषिमा उत्पादन वृद्धि आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले २०६१ सालदेखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको हो । धान  नेपालको मुख्य खाद्यान्न बाली धान हो । यसको उत्पादन वार्षिक सरदर ५५ लाख मेट्रिक टन छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.