व्यावसायिक ड्रागन फ्रुट खेतीमा रमाउँदै किसान कर्ण बहादुर बोहरा

डडेलधुरा-  डडेलधुरा  जिल्लाको आलिताले गाउँपालिका वडा नं. ४ मा अहिले व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती गरिएको छ । आलिताल गाउँपालिका वडा नम्बर ४ स्थित जालखेतमा विगत केहि समयदेखि तरकारी खेती गर्दै आएका कर्ण बोहराले तीन वर्ष यता ड्राइगन खेतीमा व्यस्त छन् ।

वैदेशिक रोजगारीबाट फर्केपछि मैले आफ्नो बाझो रहेको जमिनमा कृषिमा केही गर्न सक्छु भनेर मैले खेती सुरुमा दुई सय बिरुवा रोपेको थिए बिस्तारै बिस्तारै बोहराले माग अनुसार फर्ममा सोचेजस्तो उत्पादन गर्न नसके पनि थोरै लगानीबाट राम्रो आम्दानी गर्ने सकिने भएकाले यस ड्रगन फ्रुट खेतीतर्फ लाग्न अन्य युवा कृषकलाई समेत आग्रह गर्दै ड्रागन फ्रुट खेतीको बारेमा आफूले परामर्श समेत दिने बताएका छन् ।

कलश कृषि पशुपन्छी फर्म दर्ता गरी कृषि ज्ञान केन्द्र बाट ३ लाख ६२ हजार अनुदान पाएपछि  १८ रोपनी क्षेत्रफलमा ड्रागन फ्रुट लगाएका हुन ।  उहाँले सोचे जति राम्रो बजारीकरण नभए पनि ड्रगन फ्रुटबाट राम्रै आम्दानी भएको बताउनुभयो ।  अहिले परशुराम नगर पालिका र आलिताल गाउँपालिकाका विभिन्न स्थानबाट ड्रागन फ्रुट लिन आउने गरेका छन् ।

आलितालमा ड्रागन फलको सम्भावना प्रचुर भए पछि कृषि ज्ञान केन्द्रले फ्रुट बगैँचा कार्यक्रम अन्तरगत ५ सय पोल सहित पहाडी जिलामा ठुलो र नमुना बगैँचा उत्पादन गरेर यो जिल्ला वाट अर्को जिल्लामा पठाउने का साथै कृषि ज्ञान केन्द्रले यसमा चासो दिएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले जानकारी दिनु भयो बताउँछन् ।

आम्दानी बढ्दै गएपछि उनले करिब १८रोपनी  जग्गामा ड्राईगन फलको खेती गरेका छन् । यसको बजारमा मूल्य किलोको  ५सय देखि  ६सयसम्म बेच्ने गरेको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.