राष्ट्रपतिद्वारा धान रोपाई

काठमाडौँ – राष्ट्रिय धान दिवसका अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयले आयोजना गरेको धान रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेल सहभागी हुनुभएकाे थियाे । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यावसायिक बनाउनुपर्ने बताउनुभयाे । कृषिलगायत सबै खाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रूपमा रोपाइँमा सहभागी भएको हुनुभएकाे राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले बताउनुभयो ।

उहाँले नेपाली जनताको ठुलो हिस्सा कृषि पेशामा आश्रित भएपनि जति उत्पादन हुनुपर्ने त्यति हुन नसकेको भन्दै कृषि पेशालाई सम्मान गर्दै सन्तुलित खेति प्रणालिलाई बढवा दिन रोपाईमा राष्टप्रमुख सहभागी हुनभएको उल्लेख गर्नुभयाे । कृषि पेशामा निर्भर भइ कृषिलाई रोजगारीको आधारस्तम्भको रुपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने राष्ट्रपति पाैडेलकाे भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.