सपना भिलेज सोसियल इम्प्याक्टको पहलमा वृक्षारोपण सप्ताह

चितवन— सपना भिलेज सोसियल इम्प्याक्टले आजदेखि “वृक्षारोपण सप्ताह” सुरु गरेको छ। वातावरण संरक्षण र स्थानीय आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यसहित सुरु गरिएको यस अभियान अन्तर्गत कालिका नगरपालिका वडा नं. १० र ११ साथै इच्छा कामना गाउँपालिका वडा नं. १ र २ का विभिन्न किसान र समुदायलाई बिरुवा वितरण गरिनेछ।

कार्यक्रम अन्तर्गत डालेघास, अम्रिसो, कागती, सुन्तला, चिउरी, बकाइनो, टाकी र इपिल–इपिल प्रजातिका बिरुवाहरू वितरण गरिनेछ। विशेष ती बिरुवाहरू समुदायमै स्थापना गरिएका नर्सरीहरूबाट उत्पादन गरिएका हुन्। संस्थाले बिरुवा खरिद गरी, खाडल तयारी भइसकेका कृषकहरूलाई मात्र वितरण गर्ने योजना बनाएको छ।

वृक्षारोपण सप्ताहको औपचारिक उद्घाटन संस्थाका अध्यक्ष ध्रुव गिरीले कालिका नगरपालिका–११ स्थित खोला घारीमा चिउरीको बिरुवा रोपेर गर्नुभयो। उद्घाटन कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि र स्वयंसेवकहरूको उपस्थिति रहेको थियो।

संस्थाले अभियानलाई वातावरणीय तथा सामाजिक दृष्टिले दिगो बनाउन, समुदायमै सीप विकास गर्ने र किसानलाई प्रत्यक्ष फाइदा पुग्ने गरी अगाडि बढाउने जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.