रुकुम पूर्व : एक मात्र खेतमा राष्ट्रिय धान दिवस

रुकुम पूर्व –  रुकुम पूर्वमा एक मात्र धान पाक्ने धान खेतमा २२ औँ धान दिवस धान रोपेर मनाइएको छ ।

हातमा धानका बिरुवा खेतमा गोरु जोत्दै गलामा धानका माला र निधारमा हिलो टिको लगाएका व्यक्तिले धान रोप्दै रमाइलो सँग २२ औँ धान दिवस मनाइएको छ ।

मनोरम दृश्य भूमे गाउँपालिका ३ सीमा गाउँमा भूमे गाउँपालिका र एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वको आयोजनामा धान खेतमै धूमधामले राष्ट्रिय धान दिवस मनाइएको हो ।

सीमा गाउँ जिल्लामा एक मात्र धान पाक्ने ठाउँ हो । जिल्ला स्तरीय २२ औँ राष्ट्रिय धान दिवसमा “धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने राष्ट्रिय मूल नाराका साथ जिल्लामा धान दिवस मनाइएको स्थानीय चन्द्र बिसीले बताउनुभयो ।

राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा अतिथि, आयोजक र स्थानीयले धान रोप्दै धान दिवस मनाइएको थियो । रमझमका साथ धान दिवस मनाउँदा यस पटक फरक तरिकाले मनाइयो ।

अन्य दिवसमा अतिथिले भाषण गर्दै मनाउने गरेको देखिन्थ्यो तर यस पटकको धान दिवसमा अतिथिले धान रोप्दै मनाइएको छ ।

कृषि उत्पादनमा जोड दिन जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले बताउनुभयो ।

उत्पादनत्व वृद्धि गर्नमा राज्यले किसान र कृषि उत्पादन केन्द्रित नीति बनाउनु पर्ने देखिन्छ ।

कृषि कामकाजलाई सजिलोका लागि यान्त्रीकरण प्रविधि पनि अपनाउनु पर्ने उहाँले बताउनुभयो ।

कृषि कर्मलाई विशेष ध्यान दिनु पर्ने भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो । कृषिमा आत्मनिर्भरताका लागि तीन तहकै सरकारले थप नीति र कार्यक्रम अघि सार्न आवश्यक रहेको यहाँको भनाई थियो।

रुकुम पूर्वको कुल क्षेत्रफल एक लाख १६ हजार ९० हेक्टर मध्ये खेतीयोग्य जमिन १९ हजार तीन सय ९५ हेक्टर अर्थात् १६.७१ प्रतिशत रहेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख डिल्लीराज पौडेलले बताउनुभयो । जसमा तीन सय ५४ हेक्टर अर्थात् १.८३ प्रतिशत जमिनमा धान खेती हुने गरेको प्रमुख पौडेलले बताउनुभयो । जिल्लामा धान खेती कम हुने गरेको उहाँले बताउनुभयो ।

यस जिल्लामा प्रमुख अन्नबालीको रूपमा मकै, गहुँ, जौ र आलु रहेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.