बागलुङमा पाँच उत्कृष्ट किसान पुरस्कृत 

बागलुङ – बागलुङका पाँच जना उत्कृष्ट किसान पुरस्कृत भएका छन् । २२ औ राष्ट्रिय धान दिवसको अवसरमा जिल्लाभरबाट उत्कृष्ट किसान पुरस्कृत भएका हुन । जिल्ला कृषि ज्ञान केन्द्रले कृषि र पशुपालन विधाबाट छनोट गरी किसानलाई १० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरेको छ ।

पुरस्कृत हुनेमा बागलुङ ढोरपाटन नगरपालिकाका चन्द्र लाल पाण्डे, हिमाल कुमार पुन,बागलुङ नगरपालिकाका नन्द लाल जैसी, ओम राज शर्मा र त्रिलोचन सापकोटा रहेका छन् । उनीहरूलाई नगद १० हजार रुपैयाँ सहित जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले एक कार्यक्रमका बिच पुरस्कार प्रदान गर्नुभयो ।

सधैँ कृषि काममा व्यस्त भएको अवस्थामा आफू पुरस्कृत हुन पाउँदा थप हौसला मिलेको स्थानीय किसान हिमाल कुमार पुनले बताउनुभयो । “निरन्तर कृषि पेसामा लागेको लामो समय भयो,”पुनले भन्नुभयो,“पुरस्कृत नै भइन्छ भन्ने मलाई लागेको थिएन ।” पुरस्कृत हुने किसानले तरकारी खेती, कुखुरा पालन, भैँसी पालन, बाख्रा पालन गर्दै आएका छन् ।

जिल्लामा कृषि तथा पशुपालन गर्ने किसान धेरै भएपछि केही किसानलाई मात्र पुरस्कृत गर्नुपरेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले बताउनुभयो । “कार्यविधिबाट छनोट गर्नुपर्ने बाध्यता छ ।” सिलवालले भन्नुभयो,“आगामी दिनमा यस क्षेत्रलाई बढाएर महिला किसान सम्म पुर्‍याउँछौ ।”

बागलुङमा कृषि तथा पशुपालन किसानको सूचीकृत गर्ने कार्य कृषि ज्ञान केन्द्रले थालेको छन् । अहिले जिल्लाभर झन्डै तीन सय किसान व्यवसायीक कृषि तथा पशुपालन गर्दे आएका छन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.