रसुवागढी नाकाबाट भारतीय नागरिक लाई पनि कैलाश मानसरोवर तीर्थ यात्राका लागि अनुमति खुल्ला

 रसुवा – चीन सरकारले भारतीय नागरिकहरूलाई कैलाश मानसरोवर तीर्थ यात्राका लागि रसुवागढी नाका हुँदै जान अनुमति दिए सँगै भारतीय नागरिकहरू कैलाश मानसरोवर तीर्थ यात्राका लागि जान लागेको अध्यागमन कार्यालय रसुवाले जनाएको छ । अध्यागमन कार्यालय रसुवाका प्रमुख लेखनाथ खतिवडाका अनुसार असार बाह्र गते देखि बाट मात्र अनुमति दिएको हो ।

चीन सरकारले कोभिड उननाईस पछि भारतीय नागरीहरूलाई मान सरोबर यात्राका लागि अनुमति बन्द गरेको थियो । करिब सात वर्ष पछि अनुमति दिए सँगै पाँच दिन यता भारतीय नागरीहरू पनि रसुवागढी नाका हुँदै जान थाले सँगै यस नाका बाट कैलाश मानसरोबर जाने यात्रीहरु बढेको उहाँले बताउनुभयो ।

अध्यागमन कार्यालय रसुवाका अनुसार विशेष गरी पूर्णिमामा स्नान गर्नका लागि अहिले भारतीय नागरिक सहित अन्य मूलका नागरिकहरू केही दिन यता दैनिक पाँच सयको हाराहारीमा कैलाश मान सरोबरका लागि जाने गरेको बताएको छ । यसै गरी सिजन सुरु भए यता कार्यालयका अनुसार ज्येष्ठ मसान्त सम्ममा दुई हजार दुई सय चवालिस जना तीर्थयात्रीहरू मानसरोवर गई सकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.