सल्यानलाई कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित जिल्ला

सल्यान – सल्यानलाई कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्लाको रूपमा घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार बालबालिकाले पाउनु पर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चितता सहित जिल्लालाई कर्णाली प्रदेशका पूर्व भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले घोषणा गर्नुभएको हो ।
सल्यानका दश वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेपछि जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
यहाँ रहेका दश वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेपछि जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
जन्मिएकादेखि १५ महिनासम्मका ३ हजार ८ सय ५९ बालबालिकालाई पूर्ण रूपमा नियमित खोप लगाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार पाउने उमेर समूहका सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका (१४ किसिमका) खोप लगाएको पाइएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डी.सिकाअनुसार बागचौर नगरपालिकामा १ हजार ५ सय २३, शारदा नगरपालिकामा १ हजार ४ सय २७, बन गाड कु पिण्डे नगरपालिकामा ७ सय ७८ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छ । यस्तै कमाख गाउँपालिकामा १ हजार ५ सय ५१, दार्मामा ८ सय ८७, सिद्धकुमाख गाउँपालिकामा १ सय ५१, छत्रेश्वरी गाउँपालिकामा ३ सय ३३ जनाले प्राप्त गरेका छन् । यस्तै कालीमाटी गाउँपालिकामा १ हजार २ सय २, त्रिवेणी गाउँपालिकामा ८ सय ८४ र कपरकोट गाउँपालिकामा १ सय ८३ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छ ।
जिल्लामा १६ देखि ५९ महिनासम्मका बालबालिकाहरूको सङ्ख्या ९ हजार ४९ रहेको छ । शून्य डोज लगाउन छुटेका ३३ बालबालिकाहरूको खोजी गरी खोप लगाइएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा अर्जुन बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार दार्मा गाउँपालिकामा ९७०, कुमाख गाउँपालिकामा १ हजार ५ सय ५१, बन गाड कु पिण्डे नगरपालिकामा ७७८, सिद्ध कुमाख गाउँपालिकामा १५१, बागचौर नगरपालिकामा १ हजार ५ सय २३, छत्रेश्वरी गाउँपालिकामा ३३३, शारदा नगरपालिकामा १ हजार ४९०, कालीमाटी गाउँपालिकामा १ हजार २०५, त्रिवेणी गाउँपालिकामा ८८४ र कपुरकोट गाउँपालिकामा १८३ १६ देखि ५९ महिनासम्मका बालबालिकाले पूर्ण खोप पाएका छन् ।
एक पटक पूर्ण खोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरूले समेत खोपको मात्रा पुरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ । यस अघि सल्यानलाई २०७९ भदौ १ गते पहिलो पटक पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष सबै बालबालिकालाई खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुँदै आइरहेको छ ।
कर्णाली प्रदेशका पूर्व भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले सबै बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पूर्ण खोप उपलब्ध गराउनका लागि स्थानीय सरकार, सरोकारवाला निकायको अपनत्व र सहभागिता उल्लेखनीय रहेको बताउनु भयो । उहाँले भन्नुभयो रोग लाग्ने दर, अपाङ्गता दर र मृत्युदरमा कमीलाई ल्याई स्वस्थ बालिका तयार गर्नु नै खोपको मुख्य उद्देश्य छ ।
जिल्ला समन्वय समिति सल्यानका प्रमुख वेलाराम रावलले पूर्ण खोप सुनिश्चित कायम गर्न सबै चनाखो हुनुपर्ने बत्ताउनुभयो ।
कार्यक्रममा दश वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका पत्रकार लगायतका सहभागिता रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्