गोरखा सदरमुकाममा रेडियो नेपालको रिले प्रसारण केन्द्र स्थापना

गोरखा –  गोरखा सदरमुकाममा रेडियो नेपालको रिले प्रसारण केन्द्र स्थापना गरिएको छ ।
सार्वजनिक सेवा प्रसारण नेपालले गोरखा नगरपालिका–४ को उपल्लो कोटमा रिले प्रसारण केन्द्रको स्थापना गरेको हो ।
आइतबार स्थापना भएको केन्द्रबाट सोमबार देखी नियमित रूपमा प्रसारण सुरु भएको रेडियो नेपालका वरिष्ठ प्राविधिक गिरीराज निरौलाले बताउनुभयो ।
उहाँका अनुसार सार्वजनिक सेवा प्रसारण नेपालको स्थापना पछी पहिलो पटक गोरखामा रिले प्रसारण केन्द्रको स्थापना गरेको हो ।
९८ मेघा हर्जमा सुन्न सकिने रेडियो नेपाल १ हजार वाट क्षमताको हो । रेडियोबाट गण्डकी प्रदेशको पोखराबाट प्रसारण हुने कार्यक्रम दैनिक दिउसो २ बजे देखी साँझ ६ बजेसम्म सुन्न सकिने छ ।
बिकट तथा ग्रामीण क्षेत्रमा सूचना र मनोरञ्जनको पहुँच नभएकाहरूको लागि स्थापना गरिएको केन्द्रबाट गोरखा सहित धादिङ, चितवन, तनहुँ, लमजुङ र कास्की लगायत वरपरका जिल्लाहरूमा सेवा पुग्ने प्राविधिक निरौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.