संखुवा खोलामाथि निर्माण गरिएको बेलिब्रिज सञ्चालनमा

सङ्खुवासभा-   सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मान्तेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–१ बुम्लिङटारलाई जोड्ने संखुवा खोलामाथि निर्माण गरिएको बेलिब्रिज सञ्चालनमा आएको छ।

सिलिचोङ गाउँपालिकाले राष्ट्रिय गौरवको आयोजना घोषणा गर्दै आफ्नै बजेटबाट निर्माण सम्पन्न गरेको यो ३९ मिटर लामो बेलिब्रिज आइतबारदेखि सञ्चालनमा आएको हो। गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङका अनुसार चार करोड १९ लाख रुपैयाँको लागतमा पुल निर्माण गरिएको हो।

यसअघि काठ र बाँसको अस्थायी फड्के प्रयोग गरी जोखिम मोलेर खोला वारपार गरिरहेका स्थानीय अब सुरक्षित रूपमा यात्रा गर्न पाउने भएका छन्। पुल सञ्चालनमा आएपछि सिलिचोङको मान्तेवा, याफू र ताम्कु गाउँका करिब ३ हजारभन्दा बढी बासिन्दालाई आवतजावतमा सहज भएको छ।

पुलले छिमेकी भोजपुरको बुम्लिङटारबासीलाई पनि सङ्खुवासभाको सदरमुकाम खाँद बारीसम्म आवागमन गर्न सहज बनाएको छ। स्थानीय स्तरमा निर्माण गरिएको यो पूर्वाधारले दुई जिल्लाका बासिन्दाबिचको सम्पर्क सञ्जाल विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.