उपसभापति र महामन्त्रीको प्रस्तावमाथि नेताहरुले धारणा राख्ने क्रम आज पनि जारी

सरकार सञ्चालनमा गठबन्धन दलहरुबीच समस्या छैन

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारदेखि सुरु भएको बैठकमा उपसभापति र महामन्त्रीको प्रस्तावमाथि धारणा राख्ने क्रम आज पनि जारी रहेको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकमा केन्द्रीय सदस्य रमेश रिजाल, उमा रेग्मी, जीपछिरिङ लामा, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, डा डिला सङ्ग्रौला, रमेश लेखक, लगायत तीन दर्जन बढी सदस्यहरुले  आफ्नो धारणा राख्नु भयो।

समिति बैठकमा धाराणा राख्दै गृहमन्त्री लेखकले रमेश लेखकले अहिलेको सत्ता गठबन्धनको विकल्प खोज्न नहुने र समस्यहरु आए दुईवटा पार्टीका बीचमा सल्लाह गरेर अघि बढ्नुपर्ने धाराण राख्नु भयो । सरकार सञ्चालन गर्ने क्रममा गठबन्धन सरकारका दलहरु बीच कुनै समस्या नरहेको उहाँले जानकराी गराउनु भयो ।

विभिन्न प्रस्तावमा धारणा राख्ने क्रम जारी रहेकाले कार्यसमितिको बैठक भोलि असार १८ गते दिउँसो १२ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.