एसइई परीक्षामा जिल्लाको सर्वोत्कृष्ट नजिता ल्याउने उत्तरी गोरखाको एक स्कुल सम्मानित

गोरखा – एसइई परीक्षामा जिल्लाको सर्वोत्कृष्ट नजिता ल्याउने उत्तरी गोरखाको एक स्कुललाई शिक्षा मन्त्रीव्दारा सम्मान प्रदान गर्नु भएको छ।
गोरखा जिल्ला चुमनुब्री गाउँपालिका–२ को ल्हो, स्यालामा रहेको श्री ल्हो पेमा सम्भवा माघ्यामिक विद्यालयलाई शिक्षा मन्त्री रघुजी पन्तले एक कार्यक्रम विच राजधानीमा सम्मानित गर्नुभएको हो ।
२०८० सालको एसइई परीक्षामा गोरखा जिल्ला भित्र सर्वोत्कृष्ट नजिता ल्याउन सफल भएकोले पालिकाको आयोजनामा शिक्षा मन्त्री पन्तले स्कुलका ब्यवस्थाकलाई सम्मान पत्र दिएर सम्मानित गर्नुभएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो ।
गाउँमा नै कार्यक्रम गर्ने भनिएता पनि शिक्षा मन्त्रीको व्यस्तताका कारण राजधानी पुगेर मन्त्रालयमा नै विद्यालयलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।
सम्मान कार्यक्रममा बिद्यालयको तर्फबाट व्यवस्थापक सोनाम दोर्जे रिम्पोछे र गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष लामाको उपस्थिति रहेको थियो ।
२०३५ सालमा स्थापित यो स्कुलले त्यस क्षेत्रमा राम्रो शिक्षा दिने गरेको छ । यो स्कुल गर्मीको ६ महिना ल्होको स्यालामा र चिसोको ६ महिनामा आरुघाट गाउँपालिकाको कोखेटारमा अध्यापन गराउने गरिएको छ ।
यस विद्यालयबाट ०८० सालमा भएको एसइई परीक्षामा ४ जना बिद्यार्थीहरुले सर्वोत्कृष्ट अंक ल्याएका थिए ।






प्रतिक्रिया राख्नुहोस्