लुम्बिनी प्रदेश सभा बैठक प्रारम्भ, बजेटमाथि समूहगत छलफल जारी

दाङ- लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको १६ औं बैठक सुरु भएको छ । बैठकमा आर्थिक वर्ष २०८२र०८३ को बजेटका विभिन्न शीर्षकहरूमाथि समूहगत छलफल जारी छ ।

छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न तथा सुझावहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धरेन्द्र कार्कीले दिने कार्यसूची रहेको छ ।

‘आर्थिक वर्ष २०८२र०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ अन्तर्गतका विभिन्न मन्त्रालय तथा सम्बन्धित निकायका शीर्षकहरूमा केन्द्रित रहेर समूहगत छलफल भइरहेको हो ।

आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० सहितका दलका प्रदेशसभा सदस्यहरू सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.