प्रदेश अस्पताल गोरखाको एक्स-रे सेवा अबरुद्व

गोरखा – प्रदेश अस्पताल गोरखामा रहेको एक्स-रे सेवा आज साँझदेखी अबरुद्व हुने भएको छ ।
अस्पतालमा रहेको एक्स-रे शाखामा केही सुविधा थप गर्न लागेकोले सेवा अवरुद्ध हुने भएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पताल प्रशासनले हिजो सूचना जारी गर्दै असार १८ गते बेलुकी ५ बजे देखी अर्को सूचना प्रकाशित नहुँदासम्म एक्स-रे सेवा अवरुद्ध हुने जनाएको हो ।
हाल भइरहेको एक्स-रे मेशिन पुरानो भएकोले सेवा लिन आउनेहरूले लामो समय कुर्नुपर्ने भएपछि नयाँ प्रविधिको नयाँ मेशिन जडान गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सिद्धार्थ खनाले बताउनुभयो ।
नयाँ जडान हुने मेशिन डिजिटल सिष्टमको भएकोले तत्कालै सेवाग्राहीलाई रिपोट दिन मिल्ने र प्रभावकारी खालको भएको उहाँले जानकारी दिनुभयो ।
शाखामा नयाँ प्रविधि युक्त मेसिन जडान गर्न लागेकोले आज साँझदेवी सेवा बन्द गरेर काम गर्न लागिएको हो ।
प्रदेश सरकारबाट प्राप्त उक्त मेशिन जडानका लागी काठमाडौँबाट प्राविधिकहरूको टोली आइसकेकोले २–३ दिनमा सेवा दिन सकिने मेसु खनालले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्