मध्यराति ११ बजेसम्म पनि आएन आदेश,न्यायाधीशहरू फैसला लेखनमा व्यस्त

काठमाडौँ- तत्कालिन केपी शर्मा ओली नेतृत्व सरकारको समयमा २०७८ सालमा संवैधानिक निकायमा गरिएको नियुक्तिको वैधानिक्तालाई लिएर परेका रिटमाथि सर्वोच्च अदालतले आज निर्णय सुनाउने भनिए पनि मध्यरात ११ बजे सम्म निर्णय सुनाउने काम अझै सुरु भएको छैन ।
राति ११ बजेसम्म न्यायाधीशहरू फैसला लेखनमा व्यस्त रहेका सर्वोच्च प्रशासनले जनाएको छ ।
निर्णय सुन्न रिट निवेदक वकिलहरू पत्रकारहरु संवैधानिक इजलासमा कुरेर बसेका छन् । यसअघि जेठ २८ गते हुने भनिएकोमा आज असार १८ गतेका लागि निसु तोकिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्