तरकारीमा निकासी कर, किसानद्वारा चक्काजाम

सर्लाही – तरकारीमा नगरपालिकाले निकासी कर लगाएको विरोधमा सर्लाहीको लालबन्दीमा किसानले चक्काजाम गरेका छन् ।
आज बिहानैदेखि पूर्वपश्चिम राजमार्गमा किसानले चक्काजाम गरेका हुन् । ताजा तरकारी, फलफूल थोक बजार व्यवसायी संघले निकासी कर नहटाएसम्म किसानबाट तरकारी खरिद नगर्ने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको थियो । सोही निर्णय बमोजिम बिहीबार बिहान किसानले थोक बजारमा बिक्री गर्न ल्याएको तरकारी व्यापारीले खरिद गरेनन् ।
नगरपालिकाले लगाएको करको विरोधमा व्यापारीले तरकारी खरिद नगरेपछि किसानले लालबन्दी–७ स्थित तरकारी बजार अगाडि पूर्वपश्चिम राजमार्गमै तरकारी राखेर चक्काजाम गरिरहेका हुन् ।






प्रतिक्रिया राख्नुहोस्