एसइईमा ४ जिपिए ल्याउने पाँच जना विद्यार्थीलाई नगद सहित सम्मान

 धादिङ – माध्यमिक शिक्षा परीक्षा(एसइई) मा ४ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई धादिङको नीलकण्ठ नगरपालिकाले नगद सहित सम्मान गरेको छ।

नगरभित्रका निजी तथा सामुदायिक विद्यालयबाट एसइईमा ४ जिपिए ल्याउने पाँच जना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो। नगरपालिकाले हिजो बिहीबार एक समारोहका बिच विद्यार्थीहरूलाई सम्मान पत्र र नगद प्रदान गरिँदा विद्यार्थीले यस्ता सम्मानले थप मेहनत गर्न प्रेरणा मिल्ने बताएका छन्।

उत्कृष्ट विद्यार्थी मात्र नभई, शतप्रतिशत विद्यार्थी ग्रेडेड गराउन सफल नीलकण्ठ नगरपालिका भित्रका सामुदायिक विद्यालयलाई नगरपालिकाले शैक्षिक उन्नयनको लागि चार लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ। जिल्लाभर ८ जना विद्यार्थीले ४ जिपिए ल्याएकोमा तीमध्ये ५ जना नीलकण्ठ नगरपालिकाका विभिन्न विद्यालयबाट रहेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.