आफ्नो भाषा सिक्दै माझी बालवालिकाहरु

रामेछाप- पछिल्लो पुस्ताले आफ्नो भाषा बिर्सदै जान थालेपछि रामेछापका माझी बस्तिहरुमा अहिले माझी भाषाको पढाइ हुन थालेको छ । आफ्नो भाषा र संस्कृति लोप हुन नपाओस् भन्ने उदेश्यले रामेछापका १० वटा माझी बस्तिहरुमा माझी भाषाको पढाइ शुरु भएको हो ।
यो समुदायको भाषा र संस्कृतिको जगेर्नाका लागि अहिले माझी बालवालिकाहरु आफ्नो भाषा बढ्नमा व्यस्त रहेका छन् । पछिल्लो पुस्ताले भाषा र संस्कृति बिर्सदै जान थालेपछि रामेछापका माझी समुदायहरु यसको संरक्षणमा लागेको मन्थली नगरपालिका वडा नं ८ गाइखुराका बालकृष्ण माझीले बताउनु भयो ।
हिमाली आदिवासी समाजको सहयोगमा मझे सावाँ रामेछापले जिल्लाका बिभिन्न स्थानीय तहका १० वटा माझी बस्तिमा माझी भाषाबाट पढाइ शुरु गरेको मझे सावाँ रामेछापका संयोजक श्रीबहादुर माझीले बताउनु भयो ।
अन्य जातिहरुको प्रभावमा परेर माझी समुदायले आफ्नो भाषा तथा संस्कृति बिर्सन लागेको भन्दै रामेछापका माझीहरुले यसको संरक्षणको लागि अहिले रामेछाप जिल्लामा बिभिन्न गतिविधिहरु संचालन गर्दै आएका छन् ।






प्रतिक्रिया राख्नुहोस्