वेलकोटगढी पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषित

नुवाकोट-  नुवाकोटको वेलकोटगढी नगरपालिका ’पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ पालिका घोषणा गरिएको छ । सबै बालबालिकाले पूर्ण खोपको मात्रा पुरा गरेको सुनिश्चितता भएपछि वेलकोटगढीमा उक्त घोषणा गरिएको हो ।

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता नपा घोषणा गर्न सहयोग पुर्‍याउने सबै वडाहरूलाई ’पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ को प्रमाणपत्र प्रदान गरिएको छ । वेलकोटगढी नगरपालिकाका मेयर जगतवहादुर गुरुङले सो नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभयो ।

उनले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको लागी सरोकारवाला, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य शाखा, विभिन्न स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, विद्यालय नर्स, महिला स्वास्थ्य स्वयंसेविकाको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

यसअघि सो नपाको सबै १३ वटै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएकोमा त्यसपछिका दिनमा जन्मेका बालबालिकाले पूर्ण खोप पाए नपाएको अद्यावधिक गराउनको लागी संकलन गरिएको तथ्याङ्कमा जन्मेदेखि १५ महिना भित्रका चार सय ४१ जना बालबालिकाले आवश्यक मात्राको सबै खोप पाएको तथ्यका आधारमा वेलकोटगढी नपालाई ’पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ नपा घोषणा गरिएको हो ।

त्यसका लागी १६ महिनादेखि २ वर्षमुनिका तीनसय ६९ जना बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना भएको सुनिश्चित सहित नपामा रहेका सबै वडालाई एकैसाथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

राष्ट्रिय खोप तालिका अनुसार वेलकोटगढी नपामा रहेका १३ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि नपालाई पूर्ण खोपयुक्त सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखाका संयोजक सत्येन्द्र शाहको भनाई छ ।

सोही कार्यक्रममा वेलकोटगढी नपाका उपमेयर शिवप्रसाद दाहाल, प्रमुख प्रशासकीय अधिकृत दीपक थिङ, वडाध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख सत्येन्द्र शाह, नपाका कार्यपालिका सदस्यहरू, वडासदस्यहरु, स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, नपाका स्वास्थ्य स्वयंसेविका लगायतको सहभागिता रहेको थियो ।

वेलकोटगढी नपाले आफ्ना क्षेत्रमा रहेका सबै वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको गाउँपालिकाले घोषणा गरेसँगै सोही तथ्याङ्कको आधारमा तादी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने प्रावधान रहेको छ ।

बेलकोटगढी नपाले जन्मेदेखि १५ महिना नकटेको बालबालिकाहरूले पाउनुपर्ने सम्पूर्ण खोपहरू पुर्ण रूपमा पाएको वा पूरा भएपछि मात्रै यो पुर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम  सम्पन्न गरेको हो  । कार्यक्रममा बेलकोटगढी नपाको १३ वटा वडामा सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाको प्रमुख र वडाध्यक्षहरुलाई समेत सम्मान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.