गोरखा अस्पतालले डिजिटल एक्सरे सेवा सञ्चालनमा

गोरखा – स्थापनामा लामो समयपछि गोरखा अस्पतालले डिजिटल एक्स-रे सेवा सञ्चालनमा ल्याएको छ ।
विगतमा सेवाग्राहीहरूले सेवा लिन लामो समय लागेको र गुणस्तरीय सेवा नपाएको गुनासो पछी अस्पतालले डिजिटल एक्स-रे सेवा सञ्चालनमा ल्याएको गोरखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सिद्धार्थ खनालले बताउनुभयो ।
‘लामो सयमसम्म हामीले अनुदानमा प्राप्त पुराना मेसिन सञ्चालनमा ल्याएका थियौ’ उनले भने ‘समय सापेक्ष अहिले डिजिटल एक्स-रे जडान गरेर सञ्चालनमा ल्याएका हौ ।’ पुरानो मेसिनले एक्स-रे गर्दा प्रस्ट नदेखिने, समयमा रिपोट प्राप्त नहुने हुँदा सेवा ग्राहीले धेरै गुनासो गरेको पनि उहाँले बताउनुभयो ।
प्रदेश स्तरीय अस्पतलामा सेवा बिस्तार गरे लगत्तै गण्डकी प्रदेश सरकारबाट प्राप्त डिजिटल एक्स-रे मेसिन जडान गरेर सेवा प्रारम्भ गरिएको छ । असार १८ गते साँझदेखि काठमाडौँबाट आएका प्राविधिकहरूले जडान कार्य सम्पन्न गरे लगत्तै सेवा सुरु गरिएको गोरखा अस्पताल प्रशासनले जनाएको छ ।
अब भने अस्पतालमा एक्स-रे गर्नेहरूले केही मिनेटमा नै एक्स रेको रिपोट प्राप्त गर्ने छ ।






प्रतिक्रिया राख्नुहोस्