भोट खोलामा कोदो रोपाइँको चटारो,

सङ्खुवासभा – सङ्खुवासभाको अन्य भागमा धान रोपाइँको रौनक चलिरहँदा दुर्गम उत्तरी क्षेत्र भोट खोलामा भने यतिखेर कोदो रोपाइँको चटारो छ। धान फल्ने खेत नभएका कारण यहाँका अधिकांश किसानहरू कोदो खेतीमा निर्भर छन्।

भोट खोला गाउँपालिकाका हटिया, हुङगुङ, छुम्सुर, किमाथांका लगायतका अधिकांश गाउँमा जेठ र असार महिनाभर कोदो रोपाइँ गरिन्छ। अहिले रोपाइँ अन्तिम चरणमा पुगेको किसानहरू बताउँछन्। स्थानीय पेम्बा नावाका अनुसार कोदो नै यहाँको मुख्य बाली हो र यसैबाट यहाँका बासिन्दाको गुजारा चल्छ।

चीनसँग सिमाना जोडिएको भोट खोलाका बासिन्दा खाद्यान्नका चीन र सदरमुकाम खाँद बारीमाथि निर्भर छन्। चीनमा खाद्यान्न महँगो हुनु, खाँद बारी टाढा पर्नु र सडक सञ्जालको अभावका कारण यहाँका बासिन्दाले वर्षौँदेखि कठिनाइ भोग्दै आएका छन्।

भोट खोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले रैथाने बाली कोदोको संरक्षणका लागि स्थानीय सरकार सक्रिय रहेको बताउनुभयो। पहिलेको तुलनामा कोदो खेती मासिँदै गए पनि यसको संरक्षणका लागि किसानहरूलाई प्रोत्साहन गरिने उहाँको भनाइ छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.