स्पेन भ्रणका बारेमा प्रधानमन्त्रीद्वारा सदनलाइ जानकारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणले नेपालको छवीलाइ अन्तराष्ट्रिय क्षेत्रमा उच्च बनाउन सहयोग गरेको बताउनु भएको छ । सेभिया सम्मेलनमा अति कम विकसित देशहरुले गरिवी भोकमरी, कुपोषण जस्ता समस्याले विकासमा बाधा पुर्‍याएको बारेमा नेपालको तर्फबाट आवाज उठाएको सदनलाइ जानकारी गराउनु भयो । भ्रमणका बारेमा सदनलाइ जानकारी दिने क्रममा राष्ट्रवाद तथा संरक्षणबाट अनी क्षेत्रिय र अन्तराष्ट्रिय द्वन्द बढेको अवस्था अती कम विकसितको सुचीमा रहेका ४४ देशलाइ विकास सहयोग अझ महत्व जरुरी बिषयलाइ सभामा राखेको उहाँले बताउनु भयो ।

अहिलेको अवस्थामा ती देशहरुलाइ विकास सहयताले गरिवी निवारण गर्न आवश्यक भएको मञ्चलाइ अवगत गराएको सदनलाइ जानकारी गराउनु भयो । त्यस अघि आजको बैठको विशेष र सुन्य समयमा सांसदहरुले सार्वजनिक सरोकारका बारेमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । चिकित्सकहरुलाइ अनुमति दिने निकाय र अनुगमन गर्ने निकाय फरक फरक हुँदा देखिएको बिवादको मारमा विमारी परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सरकारले चिकित्सकहरुसँग तत्काल छलफल गरी समस्या समाधान गर्न माग गर्नु भयो । सिमा क्षेत्रमा पर्यटकहरु माथि सुरक्षा निकायले गरेको ब्यवहार राम्रो नभएकाले छुट्टै पर्यटक प्रहरी गठन गरी अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । भिजिट भिषामा संसदिय छानविन समिति गठनको माग गर्दै विरोधमा रहेको राप्रपा र रास्वपाका सांसदहरुले आजको बैठक पनि बहिस्कार गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.