केरुङ र लेन्दे खोलामा भीषण बाढीः रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा क्षति

रसुवा- केरुङ र लेन्देखोलामा अचानक आएको बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा पूर्ण क्षति पुर्‍याएको छ ।

यसैगरी करिब तीन बजे आएको बाढीले रसुवास्थित टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षति पुगेको छ ।

भन्सार जाँच पास गर्न राखिएका र भइसकेका केही विद्युतीय सवारी साधन बगाएको अनुमान गरिएको छ । रसुवागढीस्थित चीनतर्फ जोड्ने मितेरी पुललाई बगाएको हाम्रा सम्वाददाता सुशिल कोइरालाले जनाएका छन् ।

यसैबीच स्थानीय प्रशासनले त्रिशुलीका तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.