वाढीमा वेपत्ता प्रहरी, चिनीया तथा नेपालीहरुको पहिचान

बाढी प्रभावित ५० जनाको उद्धार

नुवाकोट- चीनको तिव्वतमा भीषण पानी परेपछि लेन्दे खोलामा आएको भीषण वाढीमा वेपत्ता भएका, चिनीया तथा नेपाली चालकहरुको पहिचान खुलेको छ । उनीहरुको खोजी कार्य जारी छ ।

नदीमा आएको वाढीमा परेर वेपत्ता भएकामा तीन जना नेपाल प्रहरी, चिनीया नागरिक, गाडी चालकसहितका नेपाली नागरिकहरु रहेका छन् । चीनवाट रसुवागढी हुदै नेपालतर्फ वहने लेन्देखोलामा आएको बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको सुरक्षा निकायले जनाएको छ ।

वाढीका कारण हालसम्म रसुवागढी जलविद्युत केन्द्रको ड्याम साइडमा फसेका चिनीया एक जना पुरुष, १५ जना नेपाली पुरुष, दुई जना नेपाली महिला गरि १८ जनालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलिले उद्दार गरेको छ ।

मंगलवार दिउंसोसम्म बाढी प्रभावित ५० जनाको उद्धार गरिएको सशस्त्र प्रहरी वलका प्रवक्त शैलेन्द्र थापाले जानकारी दिए ।

यता, नुवाकोटको विदुर नपा सिंचाईस्थित त्रिशूली नदी किनारामा मानवको एउटा खुट्टो फेला परेको छ । उक्त खुट्टोको पहिचान सुरु गरिएको प्रहरीले जनाएको छ ।

गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुलेको सशस्त्र प्रहरी बलले जनाएको छ । लेन्देखोलामा मंगलवार विहान सांढे तीन वजे आएको वाढीमा परि तीन जना नेपाल प्रहरी वेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन् । उनीहरू तीनै जना इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रहेको रसुवा प्रहरीले जनाएको छ ।

वाढीमा परेर वेपत्ता हुनेहरुमा चिनियाँ नागरिकहरू यु युइ, ली हुवाछिन, याङ चुआन, यु हाइ हाङ, यु छिआओ छुइ र जोउ योङ रहेको सशस्त्र सशस्त्र प्रहरी वलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार वेपत्ता हुनेहरुमा तीन जना गाडी चालक रहेका छन् ।

वाढीमा वेपत्ता हुनेहरुमा नेपाली नागरिकहरु बर्दियाका ३६ वर्षिय जिपन चौधरी, ३५ वर्षिय सन्तोष दइत, २५ वर्षिय बुद्धिराम थारू, २४ वर्षिय लक्ष्मीनारायण थारू, ३० वर्षिय सुरेश थारू, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता छन् । लामा, मोक्तान र तामाङ गाडी चालक हुन् ।

चीन–सिमानाको ल्हेन्दे खोलामा आएको बाढीमा परेर १८ जना बेपत्ता भइरहेका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका छन् ।

सशस्त्र प्रहरीले दिएको विवरण अनुसार प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामेछापको लिखु तामाकोशी गाउंपालिका ४ का ४२ वर्षिय लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी टिमुरेमा कार्यरत बाराको फेटा गापा १ का प्रहरी जवान २४ वर्षिय मुन्ना ठाकुर र प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी टिमुरेमा कार्यरत बझाङ बुंगल नपा ९ का प्रहरी जवान २३ वर्षिय। लोकेन्द्र बोहरा रहेका छन् ।

वेपत्ता रहेका चिनयिा नागरिकहरुमा यु युई,े लि हुअक्युइङ, याङ चुआन, यु हाइहाङ्ग, यु छिवक्युई, र जोउ योङ रहेको सशस्त्र प्रहरी वलले जनाएको छ । यसैवीच, विदुर नगरपालिका–६ सिंचाईस्थित त्रिशूली नदी किनारमा एउटा खुट्टा फेला परेको पनि डिएसपी थापाले बताए ।घटनास्थलमा प्रहरीको टोली खटिएको छ । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका थिए । उनीहरुको खोजी जारी रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

उनका अनुसार नेपाली सेनाको हेलिकोप्टर टिमुरेस्थित बाढीग्रस्त क्षेत्रमा पुगेर उद्धार कार्यमा जुटेको छ । ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन सीमा रसुवागढीमा रहेको पक्कि मितेरी पुल बगाएर दुई देशवीचको आवतजावत ठप्प भएको छ ।

बाढीका कारण स्याफ्रुबेँसी–रसुवागढी सडक १० स्थानमा क्षति पुग्दा उद्धार तथा आवतजावत अवरुद्ध भएको छ । बाढीले एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा क्षति पुगेको छ भने टिमुरेस्थित भन्सार याड र त्यसभित्र रहेका कन्टेनरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

लेन्देखोलामा आएको वाढीले रसुवाको उत्तरगया गापा १ मैलुङस्थित नेपाली सेनाको पोष्ट अगाडि गल्छि–बेत्रावती– स्याफ्रुबेशीसडक खण्डको बेलीब्रिज वगाएको छ । त्रिशूली नदीमाथि निर्मित सो पुल नजिकै रहेको अर्को नबनिर्मित पक्कि पुलमा बाढीले लेदो माटो थुपारिदिएको छ ।

यसका साथै वाढीले त्रिशुली थ्रि ए जलबिद्युुत आयोजनाको ड्याममा क्षति पुगेको छ । रसुवाको गोसाइँकुण्ड गापा २ तातोपानीस्थित पासाङल्हामु सडकमार्ग अन्तर्गत स्याफ्रुबेशी– रसुवागढी सडक खण्डमा भोटेकोशी नदीमा आएको बाढीले विभिन्न स्थानमा सडक पूर्ण कटान गरि अवरुद्ध वनाएको छ ।

पहिरो झरी सडक अबरुद्ध भएको स्याफ्रुबेशीदेखि–रसुवागढी सम्मको १५ दशमलव पांच किलोमिटर दुरीको सडक ठाउठाउमा पहिरो गई पूर्ण अबरुद्ध रहेको प्हरीले जनाएको छ । वाढी र पहिरोले नुवाकोट र रसुवामा गरेको विभिन्न क्षतिको विवरण संकलन कार्य जारी रहेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.