त्रिशुलीले बगाएर ल्याएको ३ जना पुरुषको शव र २ वटा मानव अंग धादिङमा भेटिए
३ वटा शवमध्ये २ वटा चिनियाँ नागरिकको भएको पुष्टि

धादिङ- त्रिशुली नदीले बगाएर ल्याएको अवस्थामा धादिङमा तीन जनाको शव फेला परेको छ भने दुई वटा मानव अङ्ग भेटिएका छन् ।
ईलाका प्रहरी कार्यालय गजुरीका अनुसार धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका-३ लामो बगर भन्ने स्थानमा एउटा मानब अङ्ग र गजुरी गाउँपालिका-१ बेल्खुमा एक जना पुरुषको शव र सोही गाउँपालिकाको मलेखुमा एक मानव अंग भेटिएको हो ।
यसैगरी गल्छी गाउँपालिकाको बैरेनीमा एक जनाको शव र बेनीघाट रोराङ्ग गाउँपालिका-७ चरौँदी बजारमा अर्को एक जनाको शव फेला परेको हो ।
प्राप्त ३ वटा शवहरुमध्ये २ वटा शव चिनियाँ नागरिकको रहेको प्रहरीले पुष्टि गरको छ ।
मानव अंगहरु मध्य दुबैको दाहिने खुट्टा फेला परेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी प्रमुख डिएसपी विकास थापाका अनुसार भेटिएका तीनै ओटा शवहरु पुरुषका हुन ।
यसैगरी, शव र मानव अङ्ग पोष्टमार्टम र थप पहिचानका लागि काठमाण्डौको शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनु भएको छ ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा आएको बाढीका कारण बगाएका मानिसहरुको शव हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।।






प्रतिक्रिया राख्नुहोस्