तत्काल आवश्यक राहत,खोज र उद्धारका लागी सांसद आचार्यको टिम रसुवागढीमा

रसुवा –तत्काल आवश्यक राहत,खोज उद्धार तथा अवरुद्ध भएको सञ्चार,बिद्युत् र सडक सञ्चालनको सहजीकरणको लागि सङ्घीय सांसद  ई.मोहन आचार्यको टिम बाढी प्रभावित क्षेत्र रसुवागढीमै हुनुहुन्छ।
उहाँ सँगै बागमती प्रदेश सभा सदस्यहरू प्रभात तामाङ र इन्द्र गोतामे  , नेपाली काँग्रेस रसुवाको सभापति पेम्बा छिरिङ तामाङ  लगायतको टिम बाढी प्रभावित क्षेत्रमा रहनुभएको छ।
गोसाइँकुण्ड गाउँपालिकाको स्याफ्रुबेसी देखि टिमुरे सम्मको सडक अवरुद्ध रहेको छ साथै मोबाइल नेटवर्क र इन्टरनेटको सम्पूर्ण सेवा अवरुद्ध रहेको छ।
बाढीको प्रभाव अझै हुन सक्ने भएकोले तटीय क्षेत्र,नदी वरपरको बस्तीको सम्पूर्ण जिल्लबासीलाई सतर्क र सुरक्षित  रहन सङ्घीय सांसद   आचार्यले अनुरोध समेत गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.