नवलपरासीको दाउन्नेमा सडक भासिएर यातायात पूर्णरुपमा अवरुद्ध

पश्चिम नवलपरासी- पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा सडक भाँसिएका कारण बिहानदेखि बाटो अवरुद्ध भएको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर- ४ खुर्सानीखोलामा तीन फिट जति सडक भाँसिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी (डिएसपी) विरदत्त पन्तले जानकारी दिनुभयो । सडक भाँसिने क्रममा लु १ ख ५८२७ नम्बरको एउटा मालबाहक ट्रक समेत सडकमा फँसेको छ ।

आज बिहानपख सडक भाँसिएपछि अहिले दुवैतर्फ गाडीको लाम लागेको छ । राजमार्ग सुचारु गराउन नारायणगढ-बुटवल सडक विस्तार आयोजनाले सडक भासिएको ठाउँमा मर्मतको काम सुरु गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.