चेपाङ बालबालिकाहरूका लागी शैक्षिक सामग्री वितरण

धादिङ –  दक्षिणी धादिङको बेनी घाट रोराङ्ग गाउँपालिकाको महादेवस्थानमा पर्ने सिम थलीका चेपाङ बालबालिकाहरूका लागी शैक्षिक सामग्री वितरण गरिएको छ ।
नेपाल प्रहरी श्रीमती सङ्घको आयोजनामा प्रजा आधारभूत विद्यालय सिमथलीमा अध्ययनरत ७२ जना बालबालिकाहरूलाई विद्यालय पोसाक, शैक्षिक सामग्री सहित झोला प्रदान गरिएको हो । शैक्षिक सामग्रीको अभावका कारण पठनपाठनमा समस्या भोग्दै आएका सो स्थानका बालबालिकाहरूलाई केही हदसम्म भए पनि सहयोग पुग्ने सहयोगी संस्थाका नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रुपा थापाले बताउनु भयो ।
सीमान्तकृत चेपाङ समुदायको बाक्लो बसोबास रहेको बेनी घाट रोराङ्ग गाउँपालिकाले आफ्नो स्थानीय तह भित्र रहेका सबै बालबालिकाहरूलाई अनिवार्य शिक्षाका लागी विभिन्न शैक्षिक गतिविधि समेत चलाउँदै आएको छ ।
विभिन्न सङ्घ संस्थाहरूले प्रदान गर्दै आएका यस्ता सहयोग पनि चेपाङ समुदायका बालबालिकाहरूको शैक्षिक उन्नतिको लागी सहयोगि रहेको गाउँपालिकाका अध्यक्ष विवेक थपलियाको भनाई छ ।
जिल्लाका अधिकांश चेपाङ समुदायको अवस्थामा अझै सुधार हुन नसकेको भन्दै सरकारले सो समुदायका मानिसहरूको स्वास्थ्य, शिक्षा जस्ता सबै कुरा निःशुल्क हुनु पर्ने माग समेत सो समुदायका मानिसहरूको माग रहेको छ । धादिङ जिल्लामा २२ हजारको सङ्ख्यामा रहेको सो समुदायमाका चार हजार छ सय बालबालिकाहरू विद्यालयमा अध्ययनरत रहेको नेपाल चेपाङ सङ्घको तथ्याङ्कमा उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.