आगलागीमा परेर एक महिलाको मृत्यु

काठमाडौँ– काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली–३ घर भइ हाल काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीमा बस्दै आएकी ६५ वर्षीया उर्मिला तामाङ रहेकी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।
दिउँसो तामाङको कोठामा आगलागी भएको थियो । खबर प्राप्त भएलगत्तै प्रहरी टोली आगो निभाउन खटिएको थियो । तामाङ कोठामै मृत भेटिएकी हुन् ।  आगलागीबाट झ्याल ढोका, लत्ता कपडा पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।
आगलागीको कारण भने खुल्न सकेको छैन  । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो निभाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.