६२ बर्षमा नागरिकता पाएपछि राहतको पर्खाइमा लरुबती

सिरहा- सिराह गोलबजार ना.पा ८ चोहर्वा टोलमा बसोबास गर्दै आउनु भएको लरुबतील ६२ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नु भएको छ । घरबाहार विहिन असाहय लरुबती सदा वर्षौंदेखि सडकछेउको सरकारी जमिनमा बस्दै आउनु भएको थियो ।
दुई बर्ष अघि श्रीमान् मृत्युपछि जीवन चलाउन अपाङ्गगता भएपनि घरघरमा काम गरेर गुजारा चलाउँदै आउनु भएकी लरुबतीले नागरिकता नहुँदा स्थानीय वडाबाट पाउने सामाजिका शुरक्षा समेत पाउन सक्नु भएको छैन।
एक्लो जिवन त्यसमा पनि ६२ बर्ष सम्म उनीसँग नागरिकता नहुनु उहाँका लागि ठूलो समस्या थियो। श्रीमानको नागरिकता भए पनि श्रीमान वितेपछि उहाँलाई आफ्नो नागरिकता बनाउन धेरै प्रयास गर्नुपर्यो। वडा कार्यालयदेखि प्रशासन कार्यालयसम्म पटक पटक धाँउदा पनि विभिन्न कागज र साक्षीको बहानामा पटक पटक फर्काइयो ।
अन्तयमा सामाजिक अभियन्ता डा. जयनारायण यादवको पहलमा ६ महिनाको प्रयासपछि लरुबतीले नागरिकता पाउन सफल हुनु भएको छ । तर उहाँसँग नागरिकता त छ, तर राहत छैन। बस्ने घर छैन, नियमित आय छैन । नागरिकताले खुसी दिएपनी जीवन अझै समस्यामै छ।
नागरिकताले नागरिक पहिचान दिए पनि यस्ता असाहय नागरिक प्रतिको दायित्व निर्वाह गर्ने विषयलाई राज्यले गंभिरताका साथ लिनुपर्नेमा अभियान्ता यादवले जोड दिनु भयो ।






प्रतिक्रिया राख्नुहोस्